२२ चैत्र २०८२, आइतबार | April 5, 2026

प्रधानमन्त्री प्रचण्डलाई भेटे रवि लामिछानेले



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

गत शुक्रबार नागरिकता प्रकरणका कारण सर्वोच्चको फैसलाबाट सांसदपदसहित उपप्रधान एवं गृहमन्त्री गुमाएका लामिछाने पुनः सोही पदमा फिर्ता हुन प्रधानमन्त्रीसँग बारम्बार भेट गरिरहेका हुन् ।

आइतबार नागरिकताको नयाँ प्रमाणपत्र लिएसँगै एकैदिन पार्टीसदस्यता हासिल गर्दै पुनः सभापतिमा चयन भएका लामिछानेले उपप्रधानसहित गृहमन्त्रालयमै फर्किनका लागि लविङ बढाएका हुन् ।

गैरसांसदको रुपमा गृहमन्त्रालय छिर्न खोजेका उनीमाथि लागेको राहदानी दुरुपयोगको आरोपको विषय भने बाँकी नै छ । अहिले पुनः मन्त्रालयमा फर्केर ६ महिनाभित्र हुने उपनिर्वाचनमा विजयी बनेर सांसद पद सुरक्षित गर्ने लामिछानेको लक्ष्य रहेको छ ।

हाल खाली रहेको गृहमन्त्रालयको जिम्मा प्रधानमन्त्री स्वयंले सम्हालिरहेका छन् । नेकपा माओवादीकेन्द्रका नेताहरुले अब गृहमन्त्रालय आफैले राख्नुपर्ने तर्क गरिरहेका छन् । तर, रास्वपाले भने गृहमन्त्रालय आफ्नो भागमा रहेको भन्दै तत्काल मन्त्री नियुक्त गर्नुपर्ने माग गरेको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ३७ बजे

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको

अलपत्र घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन

दमौली । विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन

मार्ग खुलेको १६ सडक वर्षपछि स्तरोन्नति

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-३ बरङ्जामा मार्ग खुलेको १६ वर्षपछि

सानुभाइ भनिने युवराज गुरुङसहित १८ जना पक्राउ

काठमाडौं । ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले

भलिबलको एउटै टिममा एकै परिवारका चार जना सदस्य

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-३ फलियागाउँको एउटा भलिबल टिममा एकै