६ माघ २०८२, मंगलबार | January 20, 2026

श्रीमानबाट जलाइएकी गङ्गाको अवस्था स्थिर


१७ माघ २०७९, मंगलबार  

299
Shares

बाँके । श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

उनको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने उहाँको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा बद्रि चापागाईंले बताए ।

“घाँटी वरिपरी पनि जलेको घाउको असरले श्वासप्रश्वासमा समस्या आउँछ कि भन्ने चिन्ता छ”, डा चापागाईंले भने, “उनको अवस्था अहिले स्थिर छ, छोरो गुमाउँदा मानसिक रुपमा तनावमा हुनुहुन्छ ।”

कोहलपुर नगरपालिका २ निवासी भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा र छोरालाई आगो लगाउँदा घाइते भएका थिए । उपचारका क्रममा छोराको मृत्यु भएको थियो ।

“बरु मलाई मात्रै आगो लगाइदिएको भए हुन्थ्यो, मैले छोरालाई बचाउन सकिन”, अस्पतालको शय्याबाट विकले भन्नुभयो । कोठा थुनेर आफूलाई धेरै कुटपिट गरेपछि माइत जान हिँडेकी आफू र छोरालाई श्रीमानलाई पछाडिबाट पेट्रोल छ्यापेर आगो लगाइदिएको उहाँको भनाइ छ ।

कालिकोटबाट बसाइँसराइ गरी कोहलपुर–२ शक्तिनगरमा बसोबास गर्दै आउनुभएका भानुभक्त गलैँचाको व्यापार गर्ने काम गर्छन् । उनका अनुसार श्रीमानले हरेक दिनजसो झगडा र कुटपिट गर्दै आएका थिए ।

श्रीमती र छोरालाई आगो लगाएर फरार भएका भानुभक्तलाई भारतको सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ५९ बजे

कांग्रेस छाडेर एमाले प्रवेश गरे प्रमोद कुमार यादव, रुपन्देही-४ बाट उम्मेदवार बन्ने

बुटवल । नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादव नेकपा (एमाले)

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी

रास्वपाका बालेन्द्र शाहले दर्ता गरे झापा-५ बाट उम्मेदवारी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ