६ माघ २०८२, मंगलबार | January 20, 2026

नौ वर्षअघि चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ



खोटाङ । खोटाङमा चोरी मुद्धामा अदालतबाट दोषी ठहर अभियुक्त पक्राउ परेका छन् । जबरजस्ती चोरी मुद्धामा जिल्ला अदालत खोटाङबाट नौ वर्षअघि कैंद सजाय तोकिएका केपिलासगढी गाउँपालिका-७ सुंदेल घर भइ धरान मंगलबारे बस्ने ३२ वर्षीय धनिराम भन्ने धनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

हालसम्म फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।

चोरी मुद्धामा राईलाई जिल्ला अदालतले २०७२ असोज २४ गते चार वर्ष एक ना १५ दिन कैंद सजाय तोकेको थियो । राईमाथि ओखलढुंगामा चोरी गरेको मुद्धा परेको थियो । अभियुक्तको ठेगाना खोटाङ भएकाले कारबाहीका लागि ओखलढुंगा प्रहरीले २०७२ सालमा खोटाङमा रेकर्ड पठाएको थियो ।

यस्तै, हलेसी मन्दिरको दान पेटिकाबाट नगद चोरी गरेको अभियोगमा इलाम साक्फारा नगरपालिका–७ कालापानीका २५ वर्षीय रुपेश राई पक्राउ परेका छन् । पक्राउ गरेर चेकजाँच गर्दा राईको साथबाट चार हजार ६९० रुपैयाँ र भारु एक हजार ८४५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । माघ १५ गते राती चोरीको अभियोग लागेका राई विरुद्ध अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ४२ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र