२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पुनः भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचन, गृहमन्त्रालय लगायतका विषयमा छलफल भएको बुझिएको छ । दुई नेताबीच सत्ता साझेदार दलहरुको बैठक बोलाउने विषयमा समेत छलफल भएको छ ।

ओलीले प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गृहमन्त्रालयको नेतृत्व दिन आग्रह गरेको बुझिएको छ । तर, प्रधानमन्त्री प्रचण्डले हिजो सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय दिन नसकिने बताएका थिए ।

आफुलाई गैरसांसदको रुपमा गृहमन्त्री बनाउन दबाब दिँदै लामिछानेले हिजो बिहान प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए । तर प्रचण्डबाट सकारात्मक जवाफ नपाएपछि उनी हिजै साँझ बालकोट पुगेर ओलीलाई भेटेका थिए । ओलीले पुष १०को समझदारीबाट कोही पनि दायाँबायाँ हुन नहुने जिकिर गर्दै लामिछानेलाई नै गृहमन्त्री बनाउन प्रचण्डलाई दबाब दिइरहेका छन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ११ : १० बजे

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना