५ पुस २०८२, शनिबार | December 20, 2025

उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको हो । पार्टी सभापति रवि लामिछानेलाई गैरसांसदको रुपमा गृहमन्त्रालयको नेतृत्व नदिए सरकारबाटै बाहिरिने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएको रास्वापले गृहमन्त्रालयका लागि दुई दिन कुर्ने भएको छ ।

आफुले गृहमन्त्री बन्न नपाएको झोँकमा सरकारबाटै बाहिरिने चेतावनी दिएका सभापति लामिछानेको प्रस्तावलाई अधिकांश सांसद र केन्द्रीय सदस्यहरुले अस्वीकार गरेपछि पार्टीले तत्कालका लागि मध्यमार्गी बाटो खोजेको हो ।

बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिँदै तत्काल सरकारबाट बाहिरिए र सरकारलाई दिएको समर्थन फिर्ता लिए जनतामा नराम्रो सन्देश जाने बताएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ४५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता