२३ बैशाख २०८३, बुधबार | May 6, 2026

उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन रास्वपाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको छ ।

रास्वपाको आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गरेको हो । पार्टी सभापति रवि लामिछानेलाई गैरसांसदको रुपमा गृहमन्त्रालयको नेतृत्व नदिए सरकारबाटै बाहिरिने भन्दै प्रधानमन्त्रीलाई दबाब दिएको रास्वापले गृहमन्त्रालयका लागि दुई दिन कुर्ने भएको छ ।

आफुले गृहमन्त्री बन्न नपाएको झोँकमा सरकारबाटै बाहिरिने चेतावनी दिएका सभापति लामिछानेको प्रस्तावलाई अधिकांश सांसद र केन्द्रीय सदस्यहरुले अस्वीकार गरेपछि पार्टीले तत्कालका लागि मध्यमार्गी बाटो खोजेको हो ।

बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिँदै तत्काल सरकारबाट बाहिरिए र सरकारलाई दिएको समर्थन फिर्ता लिए जनतामा नराम्रो सन्देश जाने बताएका थिए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  ८ : ४५ बजे

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना