२० मंसिर २०८२, शनिबार | December 6, 2025

मलेसियाका गृहमन्त्रीले आज प्रधानमन्त्री र श्रममन्त्रीलाई भेट्दै



काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि आएका मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले आजदेखि औपचारिक भेटवार्ता सुरु गर्ने छन ।

हिजो साँझ नेपाल आएका मलेसिया गृहमन्त्री इस्माइलले नेपालका समकक्षी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्ने तय भएको हिजो जानकारी दिएका छन् ।

अर्यालसँग बिहान १० बजे सोल्टी होटलमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । दुई मन्त्रीबीच मलेसियामा नेपाली श्रमिक लैजाने र श्रमिकका समस्याका विषयमा छलफल हुनेछ । मलेसिया नेपाली श्रम रोजगारीको गन्तव्य हो ।

यस्तै, मलेसियाली गृहमन्त्रीले आजै अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ९ : ०७ बजे

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति