३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज साढे ११ बजे बस्दै, सरकारमा रहने कि नरहने निर्णय हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज पनि बस्दै छ । हिजो (शनिबार) बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो । आज बिहान साढे ११ बजे बस्ने सो पार्टीका नेता विराजभक्त श्रेष्ठले बताए ।

रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ सकिएपछि हिजो काठमाडौंको बसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसेको थियो ।

हिजोको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा गठबन्धनको अवस्थाको विषयमा छलफल भएको थियो । आजको बैठकले सरकारमा रहीरहने वा छाड्ने विषयमा निर्णय हुने बताइएको छ ।

पार्टीका सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसदसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका थिए । रविले नागरिकता लिएपछि पार्टीको यसअघिको बैठकबाट पुनः गृह मन्त्रालय आफैँले पाउनुपर्ने अडान राखिएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो रास्वपाका नेतालाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन र सरकारमै रहन आग्रह गरेका थिए । अहिले नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् ।

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : २७ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता