१४ असार २०८३, आइतबार | June 28, 2026

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप



काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता शेरबहादुर तामाङमाथि गम्भीर आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गर्दै बास्कोटाले तामाङलाई “चरम अवसरवादी पात्र” को संज्ञा दिएका छन्। उनले आफूमाथि तामाङले गरेको टिप्पणीको कडा शब्दमा प्रतिवाद गर्दै तामाङको अभिव्यक्तिलाई अस्वाभाविक र असहज शैलीको व्यवहार भएको बताएका छन्।

बास्कोटाका अनुसार आफूले आफ्नो धारणा सार्वजनिक गरेकै कारण तामाङ आक्रामक रुपमा प्रस्तुत भएका हुन्। उनले यस्तो व्यवहारले पार्टीभित्र देखिँदै आएको आन्तरिक असन्तुष्टि र मतभेदलाई थप सतहमा ल्याएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले तामाङको राजनीतिक पृष्ठभूमि पनि उल्लेख गरेका छन्। उनले व्यक्तिगत स्वार्थका लागि तामाङले पटक–पटक गुट र पार्टी परिवर्तन गर्दै आएको आरोप लगाएका छन्। यस्तै, आफ्नै र आफ्नी श्रीमतीको पद तथा राजनीतिक अवसरका लागि तामाङले विभिन्न समूहसँग नजिकिँदै जाने प्रवृत्ति देखाएको बास्कोटाको दाबी छ। उनले यस विषयमा वि।सं। २०३८ पछिको राजनीतिक इतिहास हेर्नसमेत चुनौती दिएका छन्।

बास्कोटाले लेखेका छन्, भन्न मन थिएन तर मेरो मत मैले राखे बापत उनको कोदोवारी फाँडेसरह शेरबहादुर तामाङजी म माथि सार्वजनिक रुपमा जाई लगेछन।म तपाईं जस्तो फगत आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदल्ने मात्र होईन,पटक पटक पार्टी नै फुटाउन समेत पछि नपर्ने चरम अवसरवादी पात्र होईन।०३८ यताका ईतिहास हेरौ न।

यस घटनाले एमाले भित्रको आन्तरिक विवाद फेरि सतहमा छताछुल्ल भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार  ९ : १२ बजे

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

कैलाली । कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुकको सीमा

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक