३ असार २०८१, सोमबार | June 17, 2024

शुभम् पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । शुभम् पावर लिमिटेडको आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।  सर्वसाधारणका लागि कम्पनीले माघ १८ गतेदेखि ४ लाख ८१ हजार ८ सय ८२ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

शुभम् पावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि खुला गरेको आईपीओमा आवेदन नदिएका र कम्पनीले  सर्वसाधारणका लागि छुट्याएको सेयरमा थप सेयर गरि माघ १८ गते आइपीओ निष्काशन गरेको थियो । सोहीअनुसार कम्पनीले ५ लाख ८० हजार ५८० कित्ता सेयर सर्वसाधारण लागि छुट्याएको हो ।

यस कम्पनीले १० प्रतिशतले हुन्आउने ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । सामुहिक लगानी कोष ५ प्रतिशतले हुनआउने २९ हजार ३० कित्ता र कर्मचारीहरुलाई २ प्रतिशतले हुने ११ हाजर ६१० कित्ता छुट्याएको छ । बाँकी ४ लाख ८१ हजार ८ सय ८२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिनसक्नेछन् ।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्ताको लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई रेटिङ एजेन्सी केयर नेपालले ‘केयर एनपी डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १० : ४४ बजे

६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिकसँग नेपाली नागरिकता

काठमाडौं । ६ किलो सुन सहित पक्राउ परेका चिनियाँ नागरिक

सहमति पछि पेट्रोलियम पदार्थको ढुवानी आजैदेखि हुने

काठमाडौं । आन्दोलनरत पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर चालकले आन्दोलन

‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची

‘बोक्सीको घर’ ले पूरा गर्यो ५१ औँ दिन

काठमाडौं । यो वर्ष प्रदर्शनको ५१ औँ दिन पूरा गर्ने

दार्जिलिङको नयाँ जलपाईगुडीमा रेल दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । भारतको दार्जिलिङको नयाँ जलपाईगुडी नजिकै एउटा मालगाडी कञ्चनजङ्घा