३ आश्विन २०८३, शनिबार | September 20, 2026

‘कला व्यवसायीहरू राज्यबाट उपेक्षित’



भैरहवा । कलाकारहरुलाई राज्यले उपेक्षित गरेको भन्दै कला व्यवसायीहरु आफ्नाे हकहित, पहिचान, संरक्षण र सम्मानका लागि एकताबद्ध हुन जरुरी रहेको एक कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।

नेपाल कमर्शियल आर्टिस्ट संघको प्रथम रुपन्देही भेलामा बोल्दै आर्टिष्टहरुले कला व्यवसाय गरेर हजारौ परिवारको जीविकोपार्जन चलेपनि पछिल्लो समय यो पेशामा संकुचन आई पेशा नै संकटमा पर्न लागेको बताए । कलाकारले कला अनुसारको मुल्य नपाएको, राज्यको हामी प्रति हेर्ने दृष्टिकोण र पहिचानलाई संकुचित गर्दै गरेकोले रोजगारी खोसिने अवस्था आएको उनीहरुले आरोप लगाए । दर्ता भएर कर तिरे पनि राज्यको अंगहरुमा आफूहरुकाे पहिचान हुन नसक्नु दुखद् कुरा रहेको भन्दै उनीहरुले व्यवसायलाई मर्यादित बनाउँदै व्यवसायिक सामाजिक सुरक्षाको माग गरे ।

संघका केन्द्रीय अध्यक्ष चन्द्र प्रसाद राजवंसीले २०५१ सालदेखि संस्थागत भए पनि सरकारकै उपेक्षाका कारण आफूहरुकाे पहिचान र पेशा संकटमा पर्दै गएकोले संस्थालाई पुनः जीवित गरेर देशव्यापी रुपमा संगठन विस्तारको अभियान चलाइएको बताए ।

अहिले मेचीदेखि महाकालीसम्म अभियानमार्फत् जिल्ला कमिटी गठन गर्दै गएकाे र २८ जिल्लामा समिति गठन भएको उनले भने । कला र क्षमता भए पनि राज्यबाट उपेक्षित भएकोले नयाँ पिँडीलाई यो पेशा तर्फ आकर्षित गर्न, कलाकार श्रमजीवी हो भन्ने गर्भको वातावरण बनाउन र सबै कलाकारहरु एकताबद्ध भई संगठीत हुन यो अभियान चलाइएको उनले भने ।

 

 

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ११ : ०४ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब