११ बैशाख २०८१, मंगलबार | April 23, 2024

स्याङ्गजा कारिकोट-रुपन्देही सम्पर्क समाजको प्रथम बैठक : विभिन्न उपसमिति गठन



बुटवल । स्याङजा कारिकोट (चण्डिभन्ज्याङ)-रुपन्देही सम्पर्क समाजको सम्पन्न प्रथम बैठकले विभिन्न समिति गठन गरेको छ । बैठकले १३ सदस्यीय सचिवालय सदस्य समेत गठन गरेको छ ।

कारिकोट घर भई हाल विभिन्न पेशा-व्यवसायका क्रममा रुपन्देहीका विभिन्न ठाउँमा स्थायी तथा अस्थायी रुपमा बस्दै आएकाहरु मिलेर सम्पर्क समाज गठन गरिएको हो ।

सम्पर्क समाजले विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्ने योजना अनुसार तत्काल सम्पन्न गर्नुपर्ने विभिन्न क्रियाकलापका लागि उप समिति चयन गरेको हो । जस अन्तरगत संस्थाको विधान निर्माण तथा सहकारी सञ्चालनका लागि समाजसेवी एवं सल्लाहकार रुद्र प्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।

यसैगरी वर्ष २०८० को क्यालेन्डर निर्माणको लागि संस्थाका कोषाध्यक्ष एदुनाथ पाण्डेयको संयाजकत्वमा समिति गठन गरिएको समाजका अध्यक्ष शालिकराम पाण्डेयले जानकारी दिए । यसैगरी वन भोज कार्यक्रम सम्पन्न गर्न भवानी सोमैको नेतृत्वमा समिति गठन गरिएको पाण्डेयले बताए । सम्पर्क समाजमा हाल साढे दुई सय बढी सदस्य आवद्ध रहेको र अन्य सदस्यहरु समेत थप हुने क्रम जारी रहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : २९ बजे

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको

बुटवल उपमहानगरपालिकामा नेपालमै पहिलो मातृभाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले नेपालमै पहिलो पटक फरक फरक भाषा बोल्ने

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी

मलेखु । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै