१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

स्याङ्गजा कारिकोट-रुपन्देही सम्पर्क समाजको प्रथम बैठक : विभिन्न उपसमिति गठन



बुटवल । स्याङजा कारिकोट (चण्डिभन्ज्याङ)-रुपन्देही सम्पर्क समाजको सम्पन्न प्रथम बैठकले विभिन्न समिति गठन गरेको छ । बैठकले १३ सदस्यीय सचिवालय सदस्य समेत गठन गरेको छ ।

कारिकोट घर भई हाल विभिन्न पेशा-व्यवसायका क्रममा रुपन्देहीका विभिन्न ठाउँमा स्थायी तथा अस्थायी रुपमा बस्दै आएकाहरु मिलेर सम्पर्क समाज गठन गरिएको हो ।

सम्पर्क समाजले विभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गर्ने योजना अनुसार तत्काल सम्पन्न गर्नुपर्ने विभिन्न क्रियाकलापका लागि उप समिति चयन गरेको हो । जस अन्तरगत संस्थाको विधान निर्माण तथा सहकारी सञ्चालनका लागि समाजसेवी एवं सल्लाहकार रुद्र प्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको छ ।

यसैगरी वर्ष २०८० को क्यालेन्डर निर्माणको लागि संस्थाका कोषाध्यक्ष एदुनाथ पाण्डेयको संयाजकत्वमा समिति गठन गरिएको समाजका अध्यक्ष शालिकराम पाण्डेयले जानकारी दिए । यसैगरी वन भोज कार्यक्रम सम्पन्न गर्न भवानी सोमैको नेतृत्वमा समिति गठन गरिएको पाण्डेयले बताए । सम्पर्क समाजमा हाल साढे दुई सय बढी सदस्य आवद्ध रहेको र अन्य सदस्यहरु समेत थप हुने क्रम जारी रहेको संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ४ : २९ बजे

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको

जनकपुरधाममा होटल पौवाको १९औं शाखा सञ्चालनमा

जनकपुरधाम । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूलमन्त्रलाई आत्मसात गर्दै

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न प्रहरी अग्रसरता

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन

राजधानीमा तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव

काठमाडौँ । छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु

रास्वपा सभापति लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौँ । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको