१६ बैशाख २०८१, आइतबार | April 29, 2024

राष्ट्रपति निर्वाचन : प्रचण्ड, ओली र देउवा अझै अलमलमै



काठमाडौं । राष्ट्रपति चयन ‘राष्ट्रिय सहमति’मै गर्ने विषयमा शीर्ष नेता आन्तरिक छलफलमा जुटेका छन् । यद्यपि, उनीहरू आ-आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न पहल थालेका हुन् । सोमबार सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको हो ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र सत्तासाझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीका बीचमा छलफल भएको छ ।

राष्ट्रपति निर्वाचन, सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षा, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य किरणले बताए । राष्ट्रिय मुद्दा एवं अन्य विषयमा समेत आन्तरिक सहमतिमै अगाडि बढ्ने छलफल भएको छ ।

माओवादी सचिव देवेन्द्र पौडेलले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्नुपर्ने विषयमा छलफल भएको बताए । उनका अनुसार राष्ट्रपतिको चयन, संक्रमणकालीन न्याय, सुरक्षासहित पछिल्लो राजनीति शीर्ष नेताबीच छलफल भएको छ ।

‘राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै गर्न प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ । यस्तै, संक्रमणकालीन न्यायलगायत विषयमा समेत छलफल भयो,’ माओवादी सचिव पौडेलले राजधानीस“ग भने, ‘शीर्ष नेताबीच छलफल सुरु भएको छ । सबैले आ-आफ्नौ कुरा राख्ने र सुन्ने काम भएको छ, ठ्याक्कै यही नै भन्ने सहमति हुन सकेको छैन ।’

राष्ट्रपति निर्वाचनलाई लिएर प्रमुख तीन दलको आ-आफ्नै रणनीति छ । माओवादीले राष्ट्रिय सहमतिमा गर्नुपर्ने पक्षमा उभिँदै आएको छ । एमालेले सत्तारूढ दलबीच भएको सहमतिअनुसार एमालेले पाउनुपर्ने र कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदै माओवादीलाई आफ्नो पक्षमा खुलाउने रणनीतिमा छ ।

राष्ट्रपति निर्वाचन राष्ट्रिय सहमतिमै गर्नुपर्ने निर्णय माओवादी केन्द्रले गरेको छ । प्रधानमन्त्री प्रचण्ड त्यसैका लागि सहमति जुटाउने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री प्रचण्डले सहमतिमै राष्ट्रपति चयन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । संसदमा विश्वासको मत लिने बेलामा दुई सांसदबाहेक सबै दलका सांसदले विश्वासको मत दिएकाले सबैको छलफल एवं सहमतिमै राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।

तर, एमालेले सरकार गठन अघि भएको सहमति एवं शक्ति बाँडफाँडका अनुसार राष्ट्रपतिको उम्मेदवार पार्टीले उठाउने र त्यसैमा राष्ट्रिय सहमति हुनुपर्ने अडानमा छ । एमाले, माओवादी केन्द्रसहितका सत्तारूढ दलले सरकार गठन गर्नुभन्दा अघि गरेको सहमतिअनुसार राष्ट्रपति एमालेको भागमा परेको थियो ।

सोही सहमतिअनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भइसकेकाले राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्नुपर्ने एमाले नेताले बताउँदै आएका छन् । सरकारलाई विश्वासको मत कांग्रेसले दिँदैमा एमालेले राष्ट्रपति छोड्ने कुरा जायज नभएको बताउँदै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने जनाएको छ । एमाले केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पार्टीले राष्ट्रपतिमा उम्मेदवारी दिने र त्यसैमा राष्ट्रिय सहमति हुन सक्ने बताए ।

उता, कांग्रेसले राष्ट्रपति आफूहरूले पाउनुपर्ने रणनीतिमा छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई माओवादीले सघाउनेमा विश्वस्त छ । कांग्रेसले वर्तमान सत्ता गठबन्धन फुटाउने र सरकारमा सहभागी हुने रणनीतिसमेत बनाएको छ ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै गर्नुपर्ने बताए । कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने र सहमतिका लागि पहल गर्ने उनले बताए । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएकाले माओवादीले कांग्रेसलाई समर्थन गर्नेमा उनी विश्वस्त छन् ।

प्रमुख तीन दल आ-आफ्नै रणनीतिअनुसार अगाडि बढ्न थालेपछि एकले अर्कोसँग विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले सहमति कार्यान्वयनमा इमनदारिता नदेखाएको भन्दै प्रचण्ड र ओलीको दूरी बढ्दै गएको छ । उता देउवाले माओवादीबाट उम्मेदवार हुने पदमा पार्टीबाट उम्मेदवारी नदिई माओवादीलाई फकाउँदै विश्वास जित्ने प्रयासमा छन् ।

यसैबीच, शीर्षनेताले सीमा सुरक्षाका सन्दर्भमा समेत छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा निकायले सीमा सुरक्षाका विषयमा गरेको ब्रिफिङमा प्रधानमन्त्री प्रचण्डसहित देउवा, ओलीसमेत सहभागी भए ।

सुरक्षा निकायका प्रतिनिधिले सिंहदरबारमा प्रधानमन्त्रीलाई सीमा सुरक्षाको प्रयास र अवस्थाका विषयमा ब्रिफिङ गर्ने कार्यक्रम थियो । सीमा सुरक्षाको विषय राष्ट्रिय महत्वको विषय भएको भन्दै प्रधानमन्त्री प्रचण्डले देउवा र ओलीलाई पनि बोलाएको स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा सुभाष साहले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ७ : ५५ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क