१२ बैशाख २०८१, बुधबार | April 24, 2024

आजदेखि लुम्बिनीमा ‘रामकथा’ प्रवचन



बुटवल । भारतका प्रख्यात सन्त मोरारी बापूले आजदेखि बुद्व जन्मस्थल लुम्बिनीमा, ९१२ औ राम कथा प्रवचन गर्दैछन । रामकथा प्रेम यज्ञ समितीको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा ९ दिनसम्म कथावाचन हुनेछ ।

हिजो पहिलो पटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवि मन्दिरभित्र रहेको बुद्धजन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैँचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगे ।

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्धजन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन । `पवित्र पावनधाममा आउन पाउँदा अन्त्यतै खुशि र शान्ति मिलेको छ । परम पावन धाममा आउनाले परम माैन, परम शांति र परम आनंदकाे अनुभूति भईरहेकाे छ । म आफूलाई एकदम शाैभाग्यशाली अनुभव गर्दैछु´ सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्जवलन गरि पूजा समेत गरे ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ८ : २१ बजे

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल