२३ असार २०८३, मंगलबार | July 7, 2026

डेढ महिना नपुग्दै प्रचण्ड सरकारमा पाँच मन्त्रालय खाली



काठमाडौं । सरकार गठन भएको दुुई महिना नपुग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलमा ५ मन्त्रालय रिक्त हुन पुगेको छ ।

सरकार गठन भएको ४३ दिनसम्म पनि दुई मन्त्रालयको जिम्मेवारी बाँडफाँड गर्न नसकेकि रहेको बेला रबि लामिछाने नेतृत्वको। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)समेत सरकारवाट बाहिरिने निर्णय लिएसँगै ५ वटा मन्त्रालय रिक्त हुन पुगेका हुन ।

जसअनुसार हालसम्म बिस्तार गर्न नै नसकेका वन तथा वातावरण तथा युवा तथा खेलकुद्सहित गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय रहेका छन् । सत्तारुढ गठबन्धन दलहरुको बिचमा सहमति हुन नसक्दा सरकार गठन गरेको ४३ दिनसम्म पनि बन र खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको थिएन ।

यसैवेला, प्रधानमन्त्री प्रचण्ड र रास्वपा बिचमा गृह मन्त्रालयमा कुरा नमिले पछि सो पार्टी प्रचण्ड सरकारवाट गत आइतवार बाहिरिएको थियो । सर्वोच्च अदालतले सो पार्टीका सभापति रवि लामिछानेको नागरिकता बिबादमा लामिछानेले नेपालको नयाँ नागरिकता नलिई उपप्रधान तथा गृह मन्त्री र सांसद पदको जिम्मेवारीमा बसेको र सो कारण नेपालका कानुन अनुसार बस्न अयोग्य भन्दै फैसाला गरिदिए पछि लामिछाने जिम्मेवारीवाट मुक्त हुनु परेको थियो ।

लामिछानेले आफुले सम्हाल्दै आएको मन्त्रालय आफुले पाउनु पर्ने र नपाए पुर्व सहमति अनुसार पार्टीलाई दिनु पर्ने लामिछानको मागलाई अस्विकार गरे पछि आइतवार सो पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिने निर्णय लिएको थियो ।

सो पार्टी सरकारवाट बाहिरिने निर्णय सँगै प्रधानमन्त्री प्रचण्डले यसअघि सम्हाल्दै आएको बन र खेलकुदसँगै तीन मन्त्रालयको थप जिम्मेवारी लिनु परेको हो । जसकारण २५ सदस्सीय मन्त्रीमण्डलमा हाल २ जना राज्य मन्त्रीसहित १९ जनाले मात्रै प्रतिनिधित्व गर्दै आएका छन् भने पाँच मन्त्रालय नेतृत्वबिहिन अवस्थामा छन ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ९ : ४९ बजे

काठमाडौंमा मोटरसाइकल चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेको घटनामा

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै