२३ असार २०८३, मंगलबार | July 7, 2026

चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकत्व दिन्छौँ : शेखर कोइराला



चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै कोइरालाले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन् ।

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ । कोइरालाले भने, “तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु प¥यो । ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस् ।”

कोइरालाले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए । नेता कोइराला भने, “सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।” प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए । प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन ओइटिङ’ रहेको उनको भनाइ थियो । अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले प्रेसजगत्माथि प्रश्न नउठ्ने गरी काम गर्नुपर्ने बताए । उनले पछिल्लो समय सङ्गठन बनाउनुभन्दा गुट बनाउन लागेका कारण कांग्रेस कमजोर बनेको बताए । सदस्य भटृराईले भने, “गुट निर्माणमा होइन सङ्गठन निर्माणमा लागौं ।”

अर्का केन्द्रीय सदस्य डा गोविन्द पोख्रेलले कमजोरी दबाउने काममा प्रेसजगत् लाग्न नहुने बताए । अहिले देशमा देखिएको समस्या समाधानका लागि पत्रकारहरु एक भएर लाग्नुपर्ने उनको भनाइ थियो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले लोकप्रियताको नाममा लोकतन्त्र सिध्याउने खेल सुरु भएको बताए । उनले भने, “लोकतन्त्र सिध्याउने खेलको विरुद्ध कलम चलाउन जरुरी छ ।”

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले कुण्ठा पोख्ने नाममा पत्रकारजगत्माथि आक्रमण बढेको बताए । यस्ता घटनाको निन्दा गर्दै उनले त्यस्ता क्रियाकलापप्रति सजग रहन पत्रकारहरुलाई आग्रह गरे । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारको न्यायका लागि सबै एक भएर लाग्न जरुरी रहेको बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोख्रेल, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलीप पौडेल, नेपाल प्रेस युनियनका संस्थापक शोभाकर पराजुली, नेपाली कांग्रेस चितवन सभापति राजेश्वर खनाल, प्रतिनिधिसभा सदस्य रामनाथ अधिकारी, नेपाल प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्य, दामोदर दवाडी, सामुदायिक रेडियो प्रकाशक सङ्घका महासचिव किशोरजङ्ग थापा थापा, नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललगायतले बोलेका थिए । अधिवेशनमा उपत्यका बाहेकका १० जिल्लाका प्रतिनिधि सहभागी छन् । अधिवेशनले आजै प्रदेशको नेतृत्व चयन गर्ने प्रेस युनियन चितवन शाखाका सचिव प्रस्ताव सुवेदीले बताए ।

प्रकाशित मिति : २४ माघ २०७९, मंगलबार  ४ : २३ बजे

नेप्से परिसूचक २४ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

दक्षिण एसियामै BSc र MSc Professional Accountancy दुवै कार्यक्रम सञ्चालन गर्ने एकमात्र Recognised Teaching Centre (RTC) बन्यो BPC

काठमाडौं। ब्रिटिश एजुकेशन ग्रुप (BEG) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेशनल कलेज

गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

लमजुङ । गर्मी छल्न र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने आन्तरिक

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष

चितवन । चितवनमा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री

एडिबीको सहयोग सन् २०२९ सम्म २.४ अर्ब अमेरिकी डलर पुग्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो बहुपक्षीय विकास साझेदारका रूपमा रहेको