५ पुस २०८२, शनिबार | December 20, 2025

मोलुङ हाइड्रोपावरको आइपिओ आउँदै



काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन९आइपीओ०को बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले जारी पुँजी रू ८० करोड २५ लाखको ३४ प्रतिशतको २७ लाख २८ हजार पाँच सय कित्ता शेयरमध्ये दुई लाख ७२ हजार आठ सय ५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र एक लाख ३६ हजार चार सय २५ कित्ता सामूहिक लगानी कोषलाई वितरण गरिसकेको छ । ५४ हजार पाँच सय ७० कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई छुट्याइएको छ ।

बाँकी २२ लाख ६४ हजार छ सय ५५ कित्ता शेयरमा सर्वसाधारणलाई लगानी गर्न आह्वान गरिएको कम्पनीले जनाएको छ । निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन १० सम्म र सो अवधिमा माग बमोजिम आवेदन नपरे फागुन १८ सम्म न्यूनतम १० देखि अधिकतम आठ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सकिने छ ।

निष्कासित शेयरमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सि आस्वा’ प्रणालीमार्फत तथा अनलाइनमा ‘मेरो शेयर’ प्रयोग खदिरको आवेदन दिन सकिने छ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएन्पी आईआर बीबी’ प्रमाणपत्र प्रदान गरेको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

कम्पनीले ओखलढुङ्गाको मोलुङ गाउँपालिकाको मोलुङ खोलामा सात मेगावाट क्षमताको मोलुङ खोला जलविद्युत् आयोजना निर्माण गरी २०७४ चैत १२ बाट विद्युत् उत्पादन गर्दै नेपाल विद्युत् प्राधिकरणलाई प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : १३ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य