२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

सभामुख घिमिरे र चिनियाँ राजदूतबीच भेटवार्ता, चीनतर्फका ६ वटै नाका खोल्ने प्रतिबद्धता



काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि चीनका राजदूत छेन् सोङले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध,  संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा चिनियाँ राजदूतले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले सभामुख घिमिरेलाई पठाएको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् ।

यही माघ ५ गते घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भएका थिए । चिनियाँ राजदूत सोङले सभामुख घिमिरे वरिष्ठ राजनीतिक रहेको स्मरण गर्दै नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा अथक भूमिका निर्वाह गरेको भन्दै सफल कार्यकालको शुभकामना दिए ।

सभामुख घिमिरेले नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामा चीनले इतिहासदेखि नै देखाउँदै आएको नीतिको सराहना गर्दै ‘एक चीन नीति’प्रति नेपाल दृढ रहेको, नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने र चीनको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई उच्च महत्व दिने उल्लेख गरे ।

उनले कोभिड महामारीमा चीनले स्वास्थ्य सामग्री र खोपका लागि पु¥याएको सहयोगको प्रशंसा गरे । भूकम्पपछिको पुनर्निर्माणमा चीनबाट भएको सहयोग स्मरणीय रहेको बताउँदै सभामुख घिमिरेले दुई देशका नाकाहरु क्रमशः खुलाउन सहयोग हुने विश्वास व्यक्त गरे ।

भेटमा सभामुख घिमिरेले चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले गत भदौमा गरेको नेपाल भ्रमणमा भएको अन्तरसंसदीय सहकार्य सम्बन्धी समझदारी कार्यान्वयन गर्न संघीय संसद सचिवालयले कार्यआरम्भ गरेको जानकारी दिए ।

राजदूत सोङले चिनियाँ राष्ट्रपतिको तीन वर्षअघि भएको भ्रमणपछि नेपालमा पूर्वाधार लगायतका क्षेत्रमा चीनले ठूलो लगानी गरेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

उनले नेपालको समृद्धिको चाहनालाई चीनले उच्च प्राथमिकतामा राखेको समेत जानकारी दिए । राजदूत सोङले चिनियाँ नाकाहरुबाट हुने ढुवानी क्षमतामा सुधार भएको जनाउँदै आगामी दिनमा चीनतर्फका ६ वटै नाका क्रमशः खुलाउँदै जाने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ३ : १३ बजे

बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

काठमाडौं । साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु

महोत्तरीका किसानले पाए उखुको भुक्तानी

महोत्तरी । महोत्तरीका उखु किसानले चिनी उद्योगबाट आफ्नो उत्पादनको सम्पूर्ण

निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो : प्रधानमन्त्री

काठमाडौँ, २७ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल

खेल पर्यटन प्रवर्धन गर्न सोलुखुम्बुमा अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता

काठमाडौं । खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउनका लागि

कोशीमा हिम्मत कार्की मुख्यमन्त्रीमा दाबी पेश गर्दै, केदार कार्की सर्वोच्च जाँदै

काठमाडौं । कोशीका प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेसँगै