११ पुस २०८२, शुक्रबार | December 26, 2025

बाँकेमा घडियाल गोहीको संरक्षण


२६ माघ २०७९, बिहिबार  

286
Shares

बाँके । बाँके राष्ट्रिय निकुञ्जले सङ्कटमा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेको छ ।

निकुञ्जले राप्ती नदीमा गोहीसँगै जलचरको सङ्ख्या वृद्धि गर्न र प्राकृतिक जीवचक्रलाई खल्बलिन नदिन निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने राप्ती नदीमा जलचरमध्ये सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षण गर्न थालेका हो ।

संरक्षण अभियानअन्तर्गत पहिलो चरणमा राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित बाँसखोली गाउँको नदी किनारमा ती घडियाल गोही छाडिएको छ । जलचरविज्ञले तीन महिना लगाएर बाँकेको राप्ती नदीको स्थलगत अध्ययन गर्दा यहाँको पानीसँगै बगर क्षेत्र वातावरणीय दृष्टिलेसमेत घडियाल गोहीको उचित बासस्थान हुने सुझाव दिएका थिए । त्यसैका आधारमा बर्दिया र निकुञ्जले गोही संरक्षणको प्रयास थालेको हो ।

अभियानअन्तर्गत पहिलो चरणमा बर्दिया राष्ट्रिय निकुञ्जले दुई भाले र आठ पोथी घडियाल बाँके निकुञ्जलाई हस्तान्तरण गरेको छ । बर्दियाबाट स्थानान्तरण गरिएका गोही बाँकेको बाँसखोलीस्थित राप्ती नदीमा छाडिएको छ । घडियाल गोही सुरुमा चितवनबाट बर्दिया ल्याइएको थियो । राप्ती नदीमा गोहीको सङ्ख्या घट्दै गएको पाइएपछि बर्दियाबाट ल्याएर बाँकेमा संरक्षण गर्न थालिएको निकुञ्जले जनाएको छ ।

राप्ती नदीको पानीमा प्रदूषण न्यून रहेको र स्वच्छ पानीमा बस्ने घडियाल प्रजातिको गोहीको मुख्य आहारा माछा हो । राप्ती नदीमा दुवै उपलब्ध रहेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साह बताउँछन् । उनले गोही संरक्षण गर्न थालेपछि माछा मार्ने क्रमलाई भने नियन्त्रण गरिने उल्लेख गरे।

निकुञ्जका प्रमुख साहले सङ्कटापन्न सूचीमा रहेका प्रजातिको संरक्षण गर्ने सङ्कल्प गरेको बताए । गोही दुई प्रजातिको हुने जानकारी दिँदै उनले घडियाल गोही शान्त स्वभावको हुने उल्लेख गर । “मगर प्रजातिको गोहीभन्दा यो एकदमै शान्त स्वभावको हुन्छ, यसले मान्छेलाई आक्रमण गर्दैन, यसको आहारा नै माछा हो, सफा पानीमा मात्र बस्न रुचाउँछ”, उनी भन्छन् ।

संरक्षित सूचीमा रहेको घडियाल गोहीको सिकार गरेमा वा मारेको ठहर भएमा रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको उनले जानकारी दिए । नदीमा आश्रित हुने समुदायका लागि निकुञ्जले बल्छी प्रयोग गरेर माछा मार्न पाउने लाइसेन्स दिएको छ । बल्छीबाहेक जाल प्रयोग गरेर माछा मार्न प्रतिबन्ध लगाइएको छ । जाल प्रयोग गर्दा घडियाल गोहीको चुच्चो अर्थात् मुख जालमा अल्झेर भाँच्चिन सक्ने र संरक्षणमा बाधा पुग्ने भएकाले रोक लगाइएको निकुञ्जले जनाएको छ ।

बर्दियाको कर्णाली र बबई नदीसहित नेपालमा करिब दुई सय ५० वटा घडियाल गोही संरक्षण गरिएको बताइएको छ । बाँकेमा बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा करिब आठ वर्षसम्म हुर्काइएका वयस्क घडियाल गोही बाँके ल्याइएको थियो ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ११ : ०० बजे

प्रधानमन्त्री कार्कीद्वारा तीन दलका शीर्ष नेताको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा निर्वाचनको तयारीका विषयमा छलफल

सरकारले निर्वाचनको वातावरण बनाएको छ : सञ्चारमन्त्री खरेल

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

पर्यटन ऐन र वन ऐन पर्यटन व्यवसायका बाधक

बुटवल । पर्यटनको नीतिगत सुधारका साथै बजेटको सही प्रयोग गर्नुपर्ने

कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं । वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।