६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलमा २१८ प्रहरी जवान दीक्षित, उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थी सम्मानित



बुटवल । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलमा शुक्रबार प्रहरी जवान आधारभूत तालिम ८-११३ औँ समूहको दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ । उक्त समारोहमा २१८ जना प्रहरी जवान दीक्षित भएका छन् ।

समारोहमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) राजेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यता रहेको थियो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले शान्ति सुरक्षा कायम राख्न तथा अपराध नियन्त्रणमा प्रहरी अझै जिम्मेवार, सक्रिय र निर्मम ढंगले लाग्नुपर्नेमा जोड दिए । पछिल्लो समय अपराधका स्वरूप र शैलीहरू परिवर्तन हुँदै गएकाले अनुसन्धान तथा सुरक्षा रणनीतिलाई पनि समयानुकूल परिमार्जन गर्न आवश्यक रहेको उनले बताए ।

डीआईजी भट्टले तालिममा सिकेका सीप, अनुशासन र ज्ञानलाई व्यवहारमा उतार्दै नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न नवदीक्षित प्रहरी जवानहरूलाई निर्देशन दिए । साथै, राष्ट्र र नागरिकप्रति समर्पित भएर कर्तव्य निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलको प्राङ्गणमा सम्पन्न समारोहमा तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठोरले पनि मन्तव्य राख्दै तालिम अवधिमा हासिल गरेका ज्ञान, सीप र अनुशासनलाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गरे । उनले प्रहरी संगठनको गरिमा कायम राख्दै अनुशासन, इमान्दारिता र सेवाभावलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

दीक्षान्त समारोहका अवसरमा तालिम अवधिमा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरी जवानहरूलाई सम्मानसमेत गरिएको थियो । उत्कृष्टमध्ये प्रथम स्थान हासिल गर्ने प्रहरी जवान भुपेन्द्र गाहा, द्वितीय स्थानमा रविन्स केसी र तृतीय स्थानमा रनबहादुर परियार रहेका थिए ।

कार्यक्रममा प्रहरी अधिकृत, प्रशिक्षक, अभिभावक तथा सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ११ पुस २०८२, शुक्रबार  २ : ४२ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको