५ भदौ २०८३, शुक्रबार | August 21, 2026

बाँकेको राप्ती नदीमा गोही गणना सुरु



नेपालगन्ज । बाँकेको राप्ती नदीमा घडियाल गोहीको गणना सुरु गरिएको छ । प्रत्येक वर्षझैँ यस वर्ष पनि राप्ती नदीमा छाडिएका घडियाल गोहीको सर्वेक्षण तथा निरीक्षणका साथै गणना सुरु गरिएको हो ।

बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत मन्दीप पँगेनीका अनुसार राप्ती नदीमा यसअघि पटक–पटक छाडिएका घडियाल गोहीको पनि गणना कार्य हुँदै आएको छ । “गोहीको अवस्थाको जानकारी लिनका लागि गणना सुरु गरेका छौँ”, उनले भने, “शनिबार दुई घडियाल गोही र एउटा मगर गोही फेला पा¥यौँ, नदीमा गोही रहनसक्ने सम्भावित क्षेत्रमा सर्वेक्षण गरेर उनीहरूको अवस्थाबारे जानकारी लिँदैछौँ ।”

गणना गर्नका लागि निकुञ्जका कर्मचारीसहित समुदायका केही ‘सिटिजन साइन्टिस्ट’ सहभागी रहेको उनको भनाइ थियो । “गोहीको संरक्षण गर्ने दायित्व स्थानीय समुदायको पनि भएको हुनाले हामीले स्थानीय समुदायका केही व्यक्तिलाई यसका बारेमा तालिम दिने र विभिन्न कार्यक्रममा सहभागी बनाएर उनीहरूलाई गोही संरक्षणका बारेमा जानकारी दिने गरेका छौँ”, उनले भने, “गोहीको गणनामा पनि स्थानीय समुदायका केही सिटिजन साइन्टिस्टलाई सहभागी बनाएका छौँ, यसबाट उहाँहरूले गोहीका बारेमा थप जान्नुहुनेछ र गोही संरक्षणमा उहाँहरू अग्रसर हुनुहुनेछ ।”

बाँके र दाङको सिमानामा पर्ने शिव खोलाबाट राप्ती नदीमा गोहीको गणना कार्य सुरु गरिएको सूचना अधिकारी पँगेनीले जानकारी दिए। “हामीले नदीको कुसुम, अगैयालगायत क्षेत्रमा रहेका घडियालसहित अन्य गोहीको पनि अवस्था जानकारी लिँदैछौँ”, उनले भने, “हरेक वर्ष गोही ल्याएर छाडेर मात्र हुँदैन, उनीहरूको अवस्था के छ रु कति जीवित छन् रु उनीहरूको आहाराको अवस्था के कस्तो छ रु जस्ता कुराहरूको जानकारी सर्वेक्षण, निरीक्षण र गणनाबाट मात्रै लिन सकिने हुँदा केही वर्षयता हरेक वर्ष राप्ती नदीमा गोही गणना गर्दै आइरहेका छौँ ।”

गत वर्ष मात्र चितवनबाट १४ घडियाल गोही ल्याएर राप्ती नदीमा छाडिएको थियो । हरेक वर्ष उनीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि निकुञ्जले गोहीको सर्वेक्षण, निरीक्षण तथा गणना गर्दै आएको जनाएको छ । घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने घडियाल हाल नेपाल र भारतमा मात्रै पाइन्छन् ।

नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, माछा मार्नेलगायत कारणले गोहीका प्राकृतिक बासस्थानमा क्षति भइरहेको र बाढी आउँदासमेत गोही बगेर जाने गरेका छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढ्दै गएको संरक्षणकर्मी बताउँछन् ।

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ५ : ३५ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका