३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन् । नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले आज आयोजित पार्टीको भर्चुअल बैठकमा ब्रिफिङ गर्दै उक्त कुरा बताएका हुन् ।

प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएको केन्द्रीय सदस्य समिता कार्कीले जानकारी दिइन् ।

उनले प्रधानमन्त्रीमा आफूलाई सबै दलले विश्वासको मत दिएर सबैको साझा प्रधानमन्त्रीको रूप दिएको भन्दै त्यो विश्वास नटुट्ने गरी सहमतीय राष्ट्रपति बनाउनुपर्ने बैठकमा बताएका छन् । दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताएका थिए ।

प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताएका छन् । उनले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ११ बजे

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण,

सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त हुने राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली