२३ बैशाख २०८३, बुधबार | May 6, 2026

स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र व्यक्ति पनि राष्ट्रपति हुन सक्ने बताएका छन् । नयाँ राष्ट्रपतिको विषयलाई लिएर प्रमुख दलहरू, कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तीव्र छलफल चलिरहेका बेला प्रचण्डले आज आयोजित पार्टीको भर्चुअल बैठकमा ब्रिफिङ गर्दै उक्त कुरा बताएका हुन् ।

प्रचण्डले विगतमा राजनीतिमा सक्रिय व्यक्ति राष्ट्रपति हुँदा दुई तीनपटक दुःख पाइएको बताएको केन्द्रीय सदस्य समिता कार्कीले जानकारी दिइन् ।

उनले प्रधानमन्त्रीमा आफूलाई सबै दलले विश्वासको मत दिएर सबैको साझा प्रधानमन्त्रीको रूप दिएको भन्दै त्यो विश्वास नटुट्ने गरी सहमतीय राष्ट्रपति बनाउनुपर्ने बैठकमा बताएका छन् । दलहरूको नामै लिएर प्रचण्डले कांग्रेस, एमाले, माओवादी वा अन्य दलबाट पनि राष्ट्रपति बन्न सक्ने बताएका थिए ।

प्रचण्डले पार्टी बैठकमा टुटफुट भएका कम्युनिष्ट पार्टीलाई ध्रुवीकरण गरिने पनि बताएका छन् । उनले सबै कम्युनिष्ट पार्टीहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको बैठकमा ब्रिफिङ गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०७९, बिहिबार  ८ : ११ बजे

बुटवल-१३ बेलबासमा लमिनारको नयाँ टायल शोरुम सञ्चालन

बुटवल । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड ‘लमिनार’ले रुपन्देहीको

उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा अन्जन श्रेष्ठ चयन

वेस्टर्नमा बिआइटी पढाई सञ्चालन हुँदै

बुटवल । होटल व्यवस्थापन कलेजको रुपमा पहिचान बनाएको बुटवलको वेष्टर्न

बाँकेमा थपिए एक हजार ३२६ नयाँ मतदाता

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालय, बाँकेमा एक महिनाको अवधिमा कुल

कार्यान्वयन गर्न सकिने योजना मात्रै समेट्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्षको