१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

ठाडो भाकामा ‘दरमखोला’ सार्वजनिक



गण्डकी । मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ शुक्रबार सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।

सार्वजनिक भएको केही घण्टामै गीतको ‘म्युजिक भिडियो’ले युट्युबमा ४० हजार बढी ‘भ्यूज’ पाएको छ । गीतको शब्द सर्जक प्रह्लाद सुवेदीले लेखेका हुन । सङ्गीत रचना गायक थापा आफैँले गरेका हुन ।

ठेट शब्द, मनछुने भाका र स्वरका कारण गीतले दर्शक÷श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । ‘म्युजिक भिडियो’मा प्रयुक्त नाच र अभिनयले पनि गीतमा मौलिकता थपेको छ । ठाडो भाका गण्डक क्षेत्रमा प्रचलित मौलिक लोकभाका हो ।

पहिलेपहिले मेलापात र रोधीघरमा ठाडो भाका गुञ्जने गथ्र्यो । पछिल्लो समय ठाडो भाकाको मौलिकता हराउँदै जान थालेको छ । सङ्गीतमा आधुनिकताको प्रभावले पुराना लोकभाका सङ्कटमा परेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ८ : २८ बजे

एकीकृत समाजवादीको केन्द्रीय समितीको बैठक आजदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन बालेन फ्रान्स प्रस्थान

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख

दिगो विकासका लक्ष्य प्राप्तिमा स्वीडेनले सघाउने

काठमाडौं । स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

काठमाडौं । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति