२३ असार २०८३, मंगलबार | July 8, 2026

चितवन-२ मा उपनिर्वाचन गराउन निर्वाचन आयोगद्वारा आजैबाट काम सुरु, २० चैतमा उम्मेदवारी दर्ता



काठमाडौं। आगामी १० बैशाखमा चितवन–२ मा हुन गईरहेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले आजैबाट काम सुरु गर्नेभएको छ ।

हाल रिक्त हुन पुगेको चितवन–२ को उपनिर्वाचन लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेर आज देखिनै काम सुरु गरेको हो ।

आयोगले सार्बजनिक गरेका तालिका अनुसार १ फागुन देखि १६ चैतसम्म मतदाता नामावलीमा अद्यावधिक गर्ने कार्य हुनेछ भने २० चैतमा उम्मेदवारको मनोनयन दर्ता गरिनेछ । त्यसको भोलिपल्ट अर्थात २१ चैतमा उम्मेदवारको मनोनयनमाथि विरोधमा उजुरी लिने तथा सो मनोनयन पत्र र उजुरीउपर छानबिन गरी सोही दिन निर्णय दिने आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार २२ चैतमा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

उम्मेदवारको नामावली सार्वजनिक गरेको भोलिपल्ट अर्थात २३ चैतमा मात्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

गत साता सर्वोच्च अदालतको सबैंधानिक इजालासले सो क्षेत्रवाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले नेपाली नागरिकता नलिई प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको ठहर गर्दै उनको सांसद पद खारेज गरि दिए पछि चितवन–मा प्रतिनिधिसभाको सदस्य रिक्त हुन पुगेको थियो । सो रिक्त स्थानमा निर्वाचन आयोगले हिजो १० बैशाखमा सो क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

अमेरिकाको नागरिकता त्याग गरेको जनाए पनि तत्कालिन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले नेपाल फर्के पछि भने नेपाली नागरिकता नलिएको ठहर भएपछि सर्वोच्च अदालते उनको सांसद पद खारेज गरिदिएको थियो ।

हिजो बिहान मात्रै सरकारवाट बाहिरिएको तथा सरकारलाई समर्थन भने कायमै राखेको रास्वपाका सभापति लामिछानेले सत्ता साझेदार दलहरु संलग्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा चितवन–२ मा तत्काल उपनिर्वाचनको पहलकदमी गरिदिन प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए । प्रधानमन्त्रीलाई अनुरोध गरेको झन्डै ७ घन्टा पछि आयोगले चितवन–२ मा उपनिर्वाचन गराउने निर्णय सार्बजनिक गरेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : १४ बजे

दुई गोलले पछि परेको अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन, इजिप्टलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट

निर्धारित राजस्व लक्ष्य हासिल गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि

आयो नक्कली भुटानी शरणार्थी प्रकरणको फैसला, को को ठहरिए दोषी ?

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा १७ जनालाई दोषी ठहरिएका

विश्वकपमा स्विटजरल्याण्ड र कोलम्बिया दोस्रो पटक आमने-सामने हुँदै

काठमाडौं । फिफा विश्वकप २०२६ मा आज ‘राउन्ड अफ १६’

पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप

पोखरा । पोखरा–मुग्लिन सडक स्तरोन्नति आयोजना चौथोपटक म्याद थप गरिएको