४ पुस २०८२, शुक्रबार | December 19, 2025

तिनाउ बोर्डिङको खेल महोत्सवमा १ हजार २ सय विद्यार्थी सहभागी



बुटवल । तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा सोमबार प्राबि र निमाबि तहका विद्यार्थी बिचमा खेलकुद प्रतियोगिता भएको छ । माघ २७ गतेदेखि खेल महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।

बुटवल ११ देवीनगरमा रहेको स्कूलमा सबैतहका गरि करिब १ हजार २ सय बिद्यार्थीले यो महोत्सवमा भाग लिइरहेको बिद्यालयका सहसंयोजक अग्निधर पोख्रेलले बताए । खेल महोत्सवमा उत्कृष्ट विद्यार्थीहरुलाइ फागुन ५ गते शुक्रबार एक समारोहका बिच पुरस्कार बितरण गरिने खेलकुद संयोजक वेद न्यौपानेले बताए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताए । उनले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताए । स्कूलकी प्राचार्य सिता पाण्डका अनुसार प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ । सोमबार स्पुन रेस, हाजिरीजवाफ, चेस, टेवल टेनिस, क्यारम बोर्ड, डोरी खेल्ने, बल कलेक्सन, भलिवल, ब्याडमिन्टन लगायतलका खेल भएको स्कुल संयोजक नारायण पोखेलले जानकारी दिए ।

टेबल टेनिसमा कक्षा ७ की सन्जना घर्ती,गुन्जन श्रेष्ठ,स्नेहा मगर त्यस्तै सुसान्त पुन, अभिषेक पन्थी, अभिनव ज्ञवालीले क्रममा प्रथम,द्वितिय र तितृय स्थान हासिल गरेका छन् । सोमबार कक्षा १ देखि माथिका कक्षाहरुमा विधागत प्रतियोगिता भएका हुन् ।

खेल अवधिभरमा लेवल अनुसार बेलुन फुटाउने, चक्लेट खाने, म्युजिकल स्ट्याचु, बल कलेक्सन, कलर गेम, स्पुन रेस, हट पोटाटो, हाजिरीजवाफ, चेस, टेवल टेनिस, क्यारमबोर्ड, हिसाब दौड, स्लोसाइकल रेस, तेक्वान्दो, भलिबल, रिले रेस, एथलेटिक्स, क्रिकेट, कपर्दी, सटपुट, ब्याडमिन्टन, चित्रकला प्रतियोगिता हुनेछन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ४२ बजे

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा