४ पुस २०८२, शुक्रबार | December 19, 2025

“शिवमसंग उपहार टन्न”उपहार योजनाको दोस्रो चरणको लक्की–ड्र मा ७० बढीले पाए पुरस्कार



काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उद्योग शिवम् सिमेन्टद्वारा “शिवमसंग उपहार टन्न”उपहार योजनाको मासिक लक्की ड्र अन्तर्गत दोस्रो महिनाको भाग्यशाली उपभोक्ता र बिक्रेताको नाम सार्वजनिक गरिएको छ । उपभोक्तातर्फ ३० जना र विक्रेतातर्फ ४०जना गरि ७० जना विजेताहरुको नाम लक्की–ड्र मार्फत चयन गरि सार्वजनिक गरिएको हो ।

यस अघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको छनौट गरिएको थियो । हालसम्म लक्की–ड्रबाट उपभोक्तातर्फ ६० जना तथा विक्रेतातर्फ ८० जना भाग्यसाली विजेता बनि सकेका छन् । स्योर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढिले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरेका छन् । शिवम् सिमेन्टले गत मंसिर १८ गते देखि “शिवम्सँग उपहार टन्न”नामक नेपालकै सर्वाधिक धनराशिको उपहार योजना सार्वजनिक गरेको थियो । जस अन्तर्गत प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याचकुपन प्राप्तगरि रु. २००/– देखि रु. ५००/– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार राखिएको थियो । सोहि कुपनको अर्धकट्टीमा नाम, टेलिफोन नम्बर र ठेगाना लेखि मासिक लक्की ड्र तथा मेघा लक्की ड्रमा भाग लिन सक्ने व्यवस्था समेत मिलाईएको थियो । यस योजनामा छोटो समयमै ग्राहकको उल्लेख्य संख्यामा सहभागिता रहेकोे उद्योगले दाबी गरेको छ ।

आज सम्पन्न लक्की ड्र कार्यक्रममा उपभोक्तातर्फ प्रथम पुरस्कार बापत २ भाग्यशाली जोडी बाग्मती–पोखरा क्षेत्रबाट विकास कोईराला र उपत्यका बाहिरबाट रामप्रवेश यादवले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेका छन भने, दोस्रो पुरस्कार अन्तर्गत दियालक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनक कुमार झा सहित ४जोडी विजेताले हेलिटुर पुरस्कार वापत जितेका छन । तेस्रो पुरस्कार अन्र्तगत फेवा कन्ष्ट्रक्शन, दिपेन्द्र कुमार झा, केशवकुमार, शर्मिला के.सी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कारवापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन ।

छोटो समयमा उत्साह जनक रुपमा सहभागिताजनाई योजनालाई सफलपार्न सहयोग गरेको भन्दै शिवम् सिमेन्ट्स परिवार सम्पूर्ण उपभोक्ता, ग्राहकवर्ग र वितरकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

अझै योजना अन्र्तग स्योर सट पुरस्कारमा करोडौंको नगद उपहार, सयौं केजीचाँदी तथा सयौं तोला सुनका साथै मासिक तथा मेघा लक्की ड्र मार्फत अझै धेरै पुरस्कार जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।
यो उपहार योजनामिति २०७९ मंसिर १८ देखि नेपालभरी लागू गरिएको छ ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५५ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा