२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

खड्ग प्रसाद गौचन स्मृति राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिता : काशी नोबेल विजयी



बुटवल । खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबेल एकेडेमीले विजयी भएको छ । सोमबार भएको उदघाटन खेलमा काशीले देवदह क्रिकेट युनिटलाई ८ विकेटले पराजित गरेको हो ।

पुर्व क्रिकेटर शक्ति गौचनले आफनो बुबाको स्मृतिमा आयोजना देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर देवदहले ४० रनको लक्ष्य दिएको थियो । देवदहका संकित भट्टराइले २४ बलमा ९ र सुरज खड्काले २७ बलमा ८ रनबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन । कम स्कोरमा रोक्न काशीका शेहजाद आलमले ४ तथा सन्तोष यादवले २ विकेट लिए । झिनो लक्ष्यलाइ काशीका ब्याट्सम्यानहरुले ८ ओभरमा ३ विकेटको नोक्सानीमा भेटाए । विजय प्रजापतीले २२ रन समिर अलिले ११ रनको योगदान दिए । खेलमा शेहजाद आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

मंगलबार स्टार क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा सेन्टर क्रिकेट एकेडेमी कास्की र देवदह क्रिकेट युनिटका बिचमा हुने छ । गौचनले वार्षिक कार्ययोजना बनाएर प्रतियोगिताहरु गर्दै आएका छन । बुबाको स्मृतिमा यु–१६ खेलबाट शुरु गरेर पाचौ संस्करणमा आईपुग्दा यु–१९ राष्ट्रिय प्रतियोगिता गर्न लागेको उनले बताए । पुरस्कार राशी पाचौ संस्करणमा ३० हजार रुपैया रहेको छ ।

प्रतियोगिताको लिग खेलहरु २५ ओभरको हुनेछ भने फाईनल खेल ४० ओभरको खेलाइने छ । यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराईजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समुहमा राखेर ८ टिम बिच खेल हुनेछ । लिग आधारमा हुने खेलमा दुई समुह बिच ३–३ गरि कुल १५ खेल हुनेछ ।

एक समारोहका बिच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, न्यु होराईजन माबिका प्राचार्य लोकनाथ ज्ञवाली, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य कमल पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका छन ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ०१ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब