१६ बैशाख २०८१, आइतबार | April 28, 2024

खड्ग प्रसाद गौचन स्मृति राष्ट्रिय यु–१९ क्रिकेट प्रतियोगिता : काशी नोबेल विजयी



बुटवल । खड्ग प्रसाद गौचन स्मृति पाचौ यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा भैरहवाको काशी नोबेल एकेडेमीले विजयी भएको छ । सोमबार भएको उदघाटन खेलमा काशीले देवदह क्रिकेट युनिटलाई ८ विकेटले पराजित गरेको हो ।

पुर्व क्रिकेटर शक्ति गौचनले आफनो बुबाको स्मृतिमा आयोजना देवदह क्रिकेट मैदान शितलनगरमा भएको खेलमा टस जितेर देवदहले ४० रनको लक्ष्य दिएको थियो । देवदहका संकित भट्टराइले २४ बलमा ९ र सुरज खड्काले २७ बलमा ८ रनबाहेक अन्य ब्याट्सम्यान टिक्न सकेनन । कम स्कोरमा रोक्न काशीका शेहजाद आलमले ४ तथा सन्तोष यादवले २ विकेट लिए । झिनो लक्ष्यलाइ काशीका ब्याट्सम्यानहरुले ८ ओभरमा ३ विकेटको नोक्सानीमा भेटाए । विजय प्रजापतीले २२ रन समिर अलिले ११ रनको योगदान दिए । खेलमा शेहजाद आलम म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

मंगलबार स्टार क्रिकेट एकेडेमी र काशी नोबल एकेडेमी तथा सेन्टर क्रिकेट एकेडेमी कास्की र देवदह क्रिकेट युनिटका बिचमा हुने छ । गौचनले वार्षिक कार्ययोजना बनाएर प्रतियोगिताहरु गर्दै आएका छन । बुबाको स्मृतिमा यु–१६ खेलबाट शुरु गरेर पाचौ संस्करणमा आईपुग्दा यु–१९ राष्ट्रिय प्रतियोगिता गर्न लागेको उनले बताए । पुरस्कार राशी पाचौ संस्करणमा ३० हजार रुपैया रहेको छ ।

प्रतियोगिताको लिग खेलहरु २५ ओभरको हुनेछ भने फाईनल खेल ४० ओभरको खेलाइने छ । यसवर्ष रुपन्देहीको देवदह क्रिकेट युनिट, स्टार क्रिकेट एकेडेमी, काशी नोबेल एकेडेमी, सेन्टर क्रिकेट एकेडेमी कास्की, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, मदन भण्डारी स्पोर्टस एकेडेमी (प्रदेश टिम), न्यु होराईजन स्पोर्टस क्लब, धनगढी क्रिकेट एकेडेमीलाई दुई समुहमा राखेर ८ टिम बिच खेल हुनेछ । लिग आधारमा हुने खेलमा दुई समुह बिच ३–३ गरि कुल १५ खेल हुनेछ ।

एक समारोहका बिच देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, न्यु होराईजन माबिका प्राचार्य लोकनाथ ज्ञवाली, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य कमल पाण्डेले प्रतियोगिताको उद्घाटन गरेका छन ।

 

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ९ : ०१ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म