७ माघ २०८२, बुधबार | January 21, 2026

महाशिवरात्रिमा पशुपतिमा शङ्कराचार्यको विशेष कार्यक्रम



काठमाडौं । यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्य बिहीबार आगमन हुने भएको छ । उहाँको यही फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनःनिर्माण गरिएको र सो मन्दिरको प्राणप्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । दैनिक सत्सङ्ग, प्रश्नोत्तरी कार्यक्रम तथा शङ्कराचार्यबाट आशीर्वचन हुने कार्यक्रम तय भएको विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

कोषका निमित्त प्रमुख रेवतीरमण अधिकारीअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि आठ उपसमिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ । यस वर्ष पशुपतिनाथको १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  ९ : ३२ बजे

बालेनद्वारा झापा-२ की उम्मेदवार इन्दिरा रानामगरलाई घरमै पुगेर समर्थन

झापा । झापा-५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

उज्यालो नेपाल पार्टीले उठायो १२० स्थानमा उम्मेदवार

काठमाडौं । सरकार छाडेर उज्यालो नेपाली पार्टी (उनेपा) को नेतृत्व

प्रतिनिधिसभा निर्वाचन : ३४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा

नवलपुर-१ मा कांग्रेसभित्र किचलो, दुई उम्मेदवारको मनोनयन दर्ता

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा