१० भदौ २०८३, बुधबार | August 26, 2026

संसद बैठकमा मन्त्रीको खोजी



काठमाडौं । संसद बैठकमा सरकारको प्रतिनिधिको रुपमा मन्त्रीहरु उपस्थित हुनुपर्ने हुन्छ । तर, बुधबारको प्रतिनिधिसभाको बैठकमा उनै सरकारका प्रतिनिधिका रुपमा रहने मन्त्रीको खोजी भएको हो ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समयमा माओवादीका सांसद पूर्णबहादुर घर्तीले बोलिरहँदा नियमापत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले मन्त्रीको खोजी गरेका हुन् ।

घर्ती बोलिरहँदा उठेर श्रेष्ठले नियमापत्ति गरेपछि सभामुख देवराज घिमिरेले ‘केमा नियमापत्ति’ हो भन्दै प्रश्न गरे । यसपछि सांसद श्रेष्ठले बैठकमा एक जना पनि मन्त्री नभएको भन्दै नियमापत्ति जनाए । तर, सभामुख घिमिरेले बैठकमा ऊर्जा राज्यमन्त्री दिपक सिंह उपस्थित रहेको बताए । फेरि सांसद श्रेष्ठले राज्यमन्त्री रहेर नहुने भन्दै सरकारको जवाफदेहिताप्रति प्रश्न उठाए ।

साथै बैठक चलिरहँदा मन्त्रीको अनिवार्य उपस्थिति हुनुपर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्थाबारे स्मरण गराए । मन्त्रीहरु बाहिर भित्र गरिरहेको जानकारी गराउँदै सभामुख घिमिरेले पुनः मन्त्री आउने बताए । सभामुख घिमिरेको जवाफपछि सांसद श्रेष्ठले आफूले सभामुखको ध्यानाकर्षण गराउन मात्र खोजेको बताए । यसपछि बैठक चलिरहेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७९, बुधबार  १ : ३६ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी