बुटवल। घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ।
किर्तिपुर अस्पतालले साधन र श्रोतको अभावमा नेपालमा उपचार सम्भव नभएको भन्दै बाहिर लैजान सिफारिस गरेपछि डा. भण्डारी र आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको हो ।
काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ ।
२५ प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको र चन्द्र भण्डारीको फोक्सोमा नै असर तथा टाउको, अनुहार र दाइने साइड जलेको अस्पतालले जनाएको छ ।
परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८९ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट भएको र उनलाई बचाउन चन्द्र पुगेका थिए ।
अस्पतालले आज बिहानै एक विज्ञप्ति प्रकाशित गरेर साधन र श्रोतको अभावमा यथोचित उपचार नेपालमा सम्भव नभएको जनाएको थियो । इयर एम्बुलेन्सबाट दुबैजनालाई उपचारका लागि भारत लैजाने तयारी गरिएको सांसद भण्डारीको सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया