१७ माघ २०८२, शनिबार | January 31, 2026

आइएमई पे र क्युएफएक्स सिनेमाजवीच सम्झौता,मुभी टिकटमा रू. ५० को फ्ल्याट क्यासब्याक



काठमाडौ । आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन् ।
यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागु हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन् ।

त्यस पश्चात प्रयोगकर्ताहरुले पुनः अर्को बुधवार मात्र सो अफरको फाईदा उठाउन सक्नेछन् । साथै, आगामी दिनहरुका लागि लाईभ भएको टिकटहरु पनि बुधवारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउनुहुनेछ । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागु भएको छ ।

मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे । त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ती गिरीले आइएमई पेसँग आवद्घ भइ यो अफर मार्फत मुभी प्रेमीहरुलाई सहज हुने र अझ बढि ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ३ : ५२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक