७ पुस २०८२, सोमबार | December 22, 2025

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु



काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वको चयनका लागि मतदान सुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो । सहमतिको प्रयास सफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो ।

एमालेनिकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।

तर, सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको हो । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

अध्यक्ष पदका लागि आरसी लामिछाने, समिक बडाल, मोती विक, लोकेश निरौला गरी चारजनाको उम्मेदवारी परेको छ । जारी महाधिवेशनले अध्यक्ष, चारजना उपाध्यक्ष, १० जना सचिव र १९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : २९ बजे

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका