७ आश्विन २०८३, बुधबार | September 23, 2026

‘ग्यासको सुरक्षित प्रयोगमा सरकारको बेवास्ता’



बुटवल । खाना पकाउने ग्यास र यससंग सम्बन्धित वस्तुहरुको सुरक्षित प्रयोगमा स्थानीयदेखि केन्द्रसम्म तीनै तहका सरकारले बेवास्ता गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको व्यवसायीले बताएका छन् ।

ग्यास बिक्रेता संघ रुपन्देहीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी एलपीजी ग्यासको विक्रि वितरण र प्रयोगबारे तीनै तहका सरकारले जनचेतना फैलाउने कार्यक्रम सञ्चालन गर्न माग गरेको छ ।

ग्यास सिलिण्डरमा जोड्ने रेगुलेटर र पाइपको गुणस्तर र विक्रिमा निश्चित मापदण्ड बनाई अनधिकृतरुपमा यस्ता वस्तुको विक्रि विरतरण कडाईका साथ रोक्नुपर्ने संघका अध्यक्ष प्रदीप पन्थले बताए । ग्यास सिलिण्डरबाट आगजनी वा विष्फोट हुने मुख्य तीनवटा कारणमा सिलिन्डर, रेगुलेर र पाइप हुने भन्दै उनले यी तीनवटै वस्तु नेपाल गुणस्तर चिन्ह प्राप्त भएको हुनुपर्ने वयवस्था कडाईका साथ लागु गर्न उनले माग गरे । बजारमा सेन्सरयुक्त रेगुलेटर पनि उपलब्ध रहेको भन्दै यस्तो रेगुलेटर प्रयोग गर्दा दुर्घटनाको जोखिम नहुने बताए । सचेतना फैलाउने काममा ग्याँस बिक्रेता संघ जहिले पनि तयार रहेको तर वजेट अभाव र सरकारले समन्वय र सहकार्य नगरेको संघले गुनासो गरेको छ ।

‘खाना पकाउने ग्यास ज्यादै संवेदनशील वस्तु हो तर यसको सुरक्षित प्रयोगबारे कुनै पनि सरकारले प्रभावकारी जनचेतनामूलक अभियान कहिल्यै गरेन’- अध्यक्ष पन्थले भने–‘सामान्य कुराको ज्ञान र चेतनाको कमीले पनि दुर्घटना निम्तिन सक्छ, यसमा सरकार संवेदनशील हुनुपर्छ ।’

उपभोक्ताको सचेतना बढाउन हरेक पालिकामा स्थानीय, प्रदेश र संघीय सरकारले लगानी गर्नुपर्ने बताए । सिलिण्डरमा जोडिने ग्यास पाइप पीभीसीको सट्टा तीन लेयर (तह) को ‘सुरक्षा’ पाइप प्रयोग गर्दा सुरक्षित हुने संघकी वरिष्ठ उपाध्यक्ष कलपना कुंवरले बताइन् ।‘पीभीसी पाइप मुसाले काट्न सक्ने र तातिएर पग्लिन सक्ने हुन्छ, बजारमा ९० प्रतिशत पीभीसी पाइप छ,यसको सट्टा सरकारले थ्री लेयरको पाइप प्रयोगलाई अनिवार्य गर्नुपर्छ ।’

तीन लेयरको पाइप महंगो पनि नहुने र एक मिटरको ३०० देखि ४०० रुपैयां मूल्यको हुने बताइन् । सरकारी निकायबाट ग्यास विक्रि सम्बन्धी अनुगमन शुन्यप्राय रहेको भन्दै संघले यसको लागि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट नियमित रुपमा अनिवार्य रुपमा ग्यास उद्योग, उत्पादन अवस्था, उत्पादन पछिको भण्डारण लगायतका विषयमा अनुगमन, नियमन गर्न माग गरेको छ ।

हाल बजारमा देखिएका सानो आकारका सिलिन्डर ग्यास अवैध रहेको र यो कमजोर समेत रहेकाले यसको विक्रि र आयातलाई बन्द गर्न महासचिव सुर्य खनालले आग्रह गरे । रुपन्देहीमा हाल दैनिक १४ हजार ग्यास सिलिन्डर खपत रहेको संघका पदाधिकारी राममिलन यादवले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ७ : ०५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज