८ कार्तिक २०८३, आइतबार | October 26, 2026

सुर्खेतमा आजदेखि ‘कर्णाली उत्सव’



वीरेन्द्रनगर । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको प्रसिद्ध पर्यटकीयस्थल बुलबुले उद्यान क्षेत्रमा गन्थन, मन्थन र चिन्तनको बहस ‘कर्णाली उत्सव’ चौथो संस्करण आज (शुक्रबार)देखि सुरु हुने भएको छ ।

उत्सवको आयोजक ऋति फाउण्डेसनले बिहीबार वीरेन्द्रनगरमा पत्रकार भेटघाटमार्फत् फागुन ५-७ गतेसम्म हुने कर्णाली उत्सव चौथो संस्करण आजदेखि सुरु हुने बताएको हो । आयोजक संस्थाका संयोजक कमल लम्सालले सरोकारवालालाई प्रश्न र उत्तर गर्ने माध्यमका रुपमा ‘कर्णाली उत्सव’ शृङ्खला भइसकेको बताए ।

संयोजक लम्सालले भने, ‘कर्णाली समृद्धिको सार्थक सपनाबारे बहस गर्ने सिलसिलामा हामीले विभिन्न क्षेत्र समेटिने गरी ५० भन्दा बढी सवालमा छलफल गरिसकेका छौँ । मूलतः उपेक्षित, दुर्गम र अविकासको मानक बनाइएको कर्णालीका परम्परागत भाष्य र मानकलाई कसरी बदल्ने भन्ने बारेमा चर्चा गरिसकेका छौँ ।’

कर्णाली उत्सवको सचिवालयका सदस्य माधवप्रसाद चौलागाईले तेस्रो संस्करणसम्म सम्पन्न भएको उत्सवले अमूर्त उपलब्धि प्राप्त गरेको र यसको प्रभाव विस्तारै देखिने बताए । ‘यो विचारको बहस हो,’ सदस्य चौलागाईले भने, ‘यसबाट हामीमा साझा विवेक र चेतनाको विकास भएको छ ।’ उनका अनुसार कर्णालीको समग्र क्षेत्र समेटिने गरी कार्यक्रमको ढाँचा तयार गरिएको छ ।

उत्सवको सवाल तथा विषयवस्तु तयारी टोलीका संयोजक प्रकाश लामिछानेले १६ भन्दा बढी सत्रमा ६० भन्दा बढी वक्ता बोल्ने कार्यक्रम रहेको बताए । उनका अनुसार शुक्रबार बिहान ११ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उत्सवको उद्‌घाटन र वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आमन्त्रित अतिथिलाई स्वागत गर्नेछन् ।

उद्‌घाटनलगत्तै सुरु हुने पहिलो दिनको सत्रमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले चौथो संस्करणसम्म आइपुग्दा, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हामी कसरी जोडियौँ ? भन्ने विषयमा आफ्नो प्रस्तुति राख्ने कार्यक्रम रहेको छ । तातोपानी निवासी नारायणी चौलागाईले कर्णाली उत्सवदेखि लाम्रा संवादसम्मको विषयवस्तु राखेपछि भने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त भोजराज पोखरेलले निर्वाचन र लोकतन्त्रका विषयमा विद्वत प्रवचन दिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

पहिलो सत्रमा सञ्चालन हुने ‘कर्णाली चिन्तन’ शीर्षकमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह वक्ता रहेका छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँ सत्रमा क्रमश ‘कर्नाली खेल्दो छ’, ‘यो सहर-त्यो रहर’, ‘भोट र भेट’, ‘शिक्षा र समर्पण’ शीर्षकमाथि बहस हुँदा विभिन्न क्षेत्रसँग सम्बन्धित १० जना वक्ताले भाग लिनेछन् ।

पहिलो दिन कर्णालीको पैकेलो (नायक)का रुपमा गायक सुरज पण्डितलाई उत्सवमा सम्मान गरिनेछ । साँझ ५:४५ मा भने साङ्गीतिक साँझ गरी कार्यक्रम सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ८ : २८ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको