२२ मंसिर २०८२, सोमबार | December 8, 2025

नेपालगन्जमा नक्कली नोटको बिगबिगी, एकै महिनामा छाप्ने प्रिन्टरसहित लाखौं नक्कली नोट बरामद



नेपालगन्ज । नक्कली नोट छाप्ने मसिन बरामद भएको एक महिना पछि नै बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा नक्कली नोट फेला परेपछि नेपालगन्ज र त्यस आसपासका क्षेत्रमा नक्कली नोटको बिगबिगी रहेको खुलासा भएको छ । पैसा छाप्ने मसिन फेला परेपछि नक्कली नोटको खोजीमा सक्रियता देखाएको प्रहरीले बुधबार मात्र पाँच लाख बढी नक्कली नोट फेला पारेपछि नक्कली नोटको बिगबिगीको पुष्टी भएको हो ।

बुधबार मात्र बाँके प्रहरीले नक्कली एक हजार रुपियाँका पाँच लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । एकै पटक यति धेरै नक्कली रुपियाँ बरामद गरिएपछि जिल्लामा नक्कली नोट धेरै बढी हुनसक्ने अनुमान प्रहरीको छ ।

माघको पहिलो साता प्रहरीले नेपालगन्जको धम्बोझी स्थित पाहुनाघरको एक कोठामा नक्कली नोट छाप्ने मसिन नै फेला पारेको थियो । पुस २९ गतेदेखि होटेलमा बसेका एक व्यक्तिले होटेलमा बसेर नक्कली नोट छपाइ गरेको भेटिएको थियो । ३० गतेसम्म होटेलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो । फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको बेला फेरि नक्कली नोट फेला परेको हो ।

नेपालगन्ज–२ न्यूरोडमा शङ्कास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गर्दा तीन जनाबाट नक्कली एक हजारका ५६९ वटा नक्कली नोट बरामद भएको पत्रकार सम्मेलन गर्दै बाँके प्रहरीले जानकारी दिएको छ ।

कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाईं, अछामको तुर्माखाँद गाउँपालिका–३ का ३० वर्षीय दीपक बिसी र सल्यानको नवगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानाको खानतलासी गर्दा उनीहरूले बोकेको झोलाबाट सो नक्कली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले बताए ।

पक्राउ परेका मोहन रानाका साथबाट ४१८ ओटा नक्कली नेपाली एक हजारको नोट (४ लाख १८ हजार) र मोहन कुमाईंको साथबाट १५१ ओटा नक्कली नेपाली एक हजारको (एक लाख ५१ हजार) गरी कुल ५६९ ओटा एक हजारका नक्कली नेपाली रुपियाँ बरामद भएको उनले बताए ।

छाप्ने मसिन बरामद भएदेखि नै नक्कली नोटको खोजी गर्न थालेको प्रहरीले नक्कली नेपाली रुपियाँ बोकेर हिँडी रहेका गोप्य सूचनाको अधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले यति धेरै नक्कली नोट कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे प्रहरीले विशेष टिम नै खटाएर थप अनुसन्धान गरिरहेको बताए । उनले व्यवसायीलाई नगद कारोबार गर्दा नोटको लाईनिङ र गुणस्तर हेरेर मात्र कारोबार गर्न आग्रह गर्दै शंस्पद नोट फेला परे प्रहरीलाई खबर गर्न आग्रह गरे । ‘हतार नगरि राम्रोसँग हेर्ने हो भने सजिलै नक्कली नोट चिन्न सकिन्छ ।’ उनले भने ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ९ : ३९ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन