३ चैत्र २०८२, मंगलबार | March 17, 2026

फ्राइडे रिलिज : ‘फूलबारी’ दुई विदेशी फिल्मसँग भिड्दै



काठमाडौं । शुक्रबार नेपाली सिनेमा हलहरुमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्मतर्फ ‘फूलबारी’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘शेहजादा’, हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिया’ रिलिज भएका हुन् ।

रामबाa’ गुरुङ निर्देशित ‘फूलबारी’ ले पारिवारिक कथावस्तुलाई समेटेको छ । ‍यस फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन् । कमल किशोर मलपानीको कथा र ‘कन्सेप्ट’ रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । बिहीवार भएको प्रिमियर शोमा यस फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ ।

त्यसैगरि, कार्तिक आर्यनको मुख्य भूमिका रहेको ‘शेहजादा’ पनि हलमा रिलिज भएको छ । रोहित धवन निर्देशित यस फिल्ममा कार्तिकका साथै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ ।

फिल्म ‘शेहजादा’ अल्लु अर्जुन, पूजा हेगडे स्टारर फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो । कमेडी एक्सन जनरामा बनेको फिल्मले दुई बच्चा जन्मदै साटिएको र धनी परिवारको शिशु गरिब परिवारमा साटिदाँ ल्याउने उतारचढावको कथालाई समेटिएको छ ।

आजबाट रिलिज भएको हलिउड फिल्म ‘एन्ट- म्यान’ एक्सन, एडभेन्चर र कमेडी जनरामा निर्माण भएको हो । मार्भल स्टुडियोको बनाएको यस फिल्मलाई पेटन रीडले निर्देशन गरेका हुन् । फिल्ममा पल रुड र इवांगेलिन लिलीको मुख्य भूमिका छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ०० बजे

रुपातालमा १० हजार जातका माछाका भुरा छाडियो

कास्की । कास्कीको लेखनाथस्थित रुपातालमा विभिन्न जातका १० हजार माछाका

नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै