१३ जेष्ठ २०८१, आइतबार | May 26, 2024

फ्राइडे रिलिज : ‘फूलबारी’ दुई विदेशी फिल्मसँग भिड्दै



काठमाडौं । शुक्रबार नेपाली सिनेमा हलहरुमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन् । नेपाली फिल्मतर्फ ‘फूलबारी’ र विदेशी फिल्मतर्फ बलिउड फिल्म ‘शेहजादा’, हलिउड फिल्म ‘एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिया’ रिलिज भएका हुन् ।

रामबाa’ गुरुङ निर्देशित ‘फूलबारी’ ले पारिवारिक कथावस्तुलाई समेटेको छ । ‍यस फिल्ममा विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखक लगायतका कलाकारको अभिनय छ ।

यशोदा फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता मनिष ढकाल हुन् । कमल किशोर मलपानीको कथा र ‘कन्सेप्ट’ रहेको फिल्मको पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । बिहीवार भएको प्रिमियर शोमा यस फिल्मलाई सकरात्मक प्रतिक्रिया मिलेको छ ।

त्यसैगरि, कार्तिक आर्यनको मुख्य भूमिका रहेको ‘शेहजादा’ पनि हलमा रिलिज भएको छ । रोहित धवन निर्देशित यस फिल्ममा कार्तिकका साथै कृति सेनन र मनिषा कोइरालाको पनि मुख्य भूमिका रहेको छ ।

फिल्म ‘शेहजादा’ अल्लु अर्जुन, पूजा हेगडे स्टारर फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो । कमेडी एक्सन जनरामा बनेको फिल्मले दुई बच्चा जन्मदै साटिएको र धनी परिवारको शिशु गरिब परिवारमा साटिदाँ ल्याउने उतारचढावको कथालाई समेटिएको छ ।

आजबाट रिलिज भएको हलिउड फिल्म ‘एन्ट- म्यान’ एक्सन, एडभेन्चर र कमेडी जनरामा निर्माण भएको हो । मार्भल स्टुडियोको बनाएको यस फिल्मलाई पेटन रीडले निर्देशन गरेका हुन् । फिल्ममा पल रुड र इवांगेलिन लिलीको मुख्य भूमिका छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ०० बजे

विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो : स्वर्णिम वाग्ले

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले

बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध हटाउने प्रयास

कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको

संसदको गतिरोध हटाउन एकीकृत समाजवादीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्को गतिरोध

नाराबाजीका बीच अर्थमन्त्री पुनले पेश गरे आर्थिक सर्वेक्षण

काठमाडौं । प्रतिनिधि सभामा अर्थमन्त्री बर्षामान पुनले आर्थिक सर्वेक्षण र