२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नदी प्रदूषण गर्ने उद्योगलाई कारबाही गर्ने



बारा । सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले नदी प्रदुषण गर्ने वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको छ ।

वीरगन्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो ।

समितिले यसअघि पटक पटक अनुगमन गरेको र अनुगमनका क्रममा एकरदुईबाहेक अधिकांश उद्योगले अटेरी गर्दै नदीमा नै उद्योगबाट निस्केको फोहोर तथा दुषित पानी फाल्दै आएकाले अब कारबाही नै गर्ने निर्णय गरेको हो । बैठकले करिडोरमा रहेका उद्योगहरुको संघलाई पत्राचार गरेर कारबाहीको लागि ध्यानाकर्षण गराउने र जरिवानाको प्रकृया अघि बढाउने निर्णय गरेको हो ।

अनुगमन समितिको प्रतिबेदनका आधारमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार जरिबाना गर्ने निर्णय भएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए । बैठकले जरिबाना गर्दा पनि फोहोरजन्य पानी नदीमा मिसाउन नछाडे त्यस्ता उद्योगलाई कालो सूचीमा राख्न प्रदेश र संघ सरकारलाई सिफारिस गरि पठाउने निर्णय पनि बैठकले गरेको मेयर सिंहले बताए ।

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवं कानुन विपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदी प्रदूषण मुक्त नबन्ने बताए । उनले उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा नदी फोहोर बनाउन उद्धत देखिएकाले त्यसलाई नियन्त्रण गर्न अब जरिबाना गर्नुपर्ने अवस्था आएको बताए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगन्ज महानगरपालिका क्षेत्र भएर बहने नदीलाई यी तीनै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय पर्साको सयुँक्त सहकार्यमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।

वीरगन्ज महानगरपालिकाका उपप्रमुख तथा समितिका संयोजक इम्तियाज आलमले अनुगमनलाई उद्योगहरुले बेवास्ता गरेको बताए । आफ्नै नेतृत्वमा पटकपटक अनुगमन गर्दा पनि अटेरी गरेको हुँदा अब जरिबाना गरेर कारबाही गर्नुपर्ने उपप्रमुख आलमको भनाइ छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीरले पनि सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन उपमहानगरले सक्दो प्रयास गरिरहेको बताए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले वीरगन्ज महानगरले सञ्चालन गरेको अनुगमन अभियानको सह्राना गर्दै नदीलाई स्वच्छ र सफा बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।

बैठकमा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार  ११ : ३७ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै