७ माघ २०८२, बुधबार | January 21, 2026

संस्कृतिले राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आएको छ : उपराष्ट्रपति पुन



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्म, संस्कार, संस्कृतिले नेपालीकाबीच आपसी सद्भाव, भाइचारा कायम गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताएका छन ।

हिन्दू धर्मावलम्बीको प्रमुख चाड महाशिवरात्रि-२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा प्राकृतिक विविधताले भरिपूर्ण मुलुक भएको बताएका छन ।

“हाम्रो मौलिक, धर्म, संस्कार, संस्कृति विश्वजगतमा नेपालको साझा चिनारी हुन, यी हाम्रा सम्पत्ति हुन, हाम्रो धार्मिक तथा सांस्कृतिक पर्वका कतिपय विकृत रुपलाई हटाउँदै लैजानेमा ध्यान दिन सबैमा आग्रह समेत गर्दछु”, उनले भनेका छन । भगवान् शिवको प्रमुख पर्वको रुपमा मानिने महाशिवरात्रि पर्वले नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि बनाउने उपराष्ट्रपति पुनको विश्वास छ । नेपाली सेना दिवस-२०७९ को अवसरमा पनि उपराष्ट्रपति पुनले नेपाली सेनाका प्रधान सेनापतिसहित सकल दर्जामा शुभकामना व्यक्त गरेका छन ।

विश्व शान्ति स्थापनामा खेलिरहेको भूमिका र बढाइरहेको गौरवका लागि नेपाली सेनाको प्रशंसा गर्दै उनले आगामी दिनमा नेपाली सेनाले आफूलाई सुदृढ्, सशक्त र समय सापेक्ष आधुनीकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ७ : ३७ बजे

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ

एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

काठमाडौं । यसवर्षको एसईई चैत १९ देखि २९ गतेसम्म सञ्चालन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

काठमाडौं । अमेरिकाबाट ९० जना नेपाली नागरिकलाई डिपोर्ट गरिएको अध्यागमन

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत