३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई शुक्लाफाँटामा डढेलो नियन्त्रण तालिम



कञ्चनपुर । कञ्चनपुरका शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित तीन निकुञ्जका कर्मचारी र सैनिक टोलीलाई डढेलो नियन्त्रण सम्बन्धी तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो नियन्त्रण कार्यमा अग्रपंक्तिमा खटिने कर्मचारीका लागि चार दिने तालिम सञ्चालन गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले तीन राष्ट्रिय निकुञ्ज र यहाँस्थित निकुञ्ज सुरक्षार्थ खटिएको रुद्रध्वज गणको सैनिक टोलीलाई तालिम प्रदान गरिएको जानकारी दिए ।

तालिममा ३५ जनाको सहभागिता रहेको र उक्त प्रशिक्षार्थी टोलीलाई निकुञ्जभित्रको फाँट डढेलो नियन्त्रणको अभ्यास समेत गराइँदैछ । यसअघि पनि विभिन्न सरोकारवाला निकायबाट यसप्रकारका तालिम गरिँदै आएका छन् ।” उनले भने–“तीन निकुञ्जका कर्मचारीलाई चार दिनको तालिम यहाँ पहिलो पटक गरिएको हो ।”

तालिममा सैनिक टोलीसँगै निकुञ्जका सिनियर गेमस्काउटलगायत सहभागी छन् । गर्मीयाम सुरु भएसँगै यहाँका निकुञ्ज तथा सामुदायिक वनमा डढेलो लाग्ने समस्या हुने हुँदा त्यसको न्युनीकरण र व्यवस्थापनका लागि तालिम प्रदान गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हरेक गर्मीयाममा डढेलो लाग्ने गरेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ४ : ५१ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय