२१ भदौ २०८३, आइतबार | September 7, 2026

जुम्लामा ग्यास लिक हुँदा एक घरमा आगलागी



सुर्खेत । जुम्लामा ग्यास लिक भएर आगलागी भएको छ ।  चन्दननाथ नगरपालिका– ६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको तीनतले  घरको ग्राउण्ड फ्लोरमा आगलागी हुँदा ४ वटा कोठा, गल्ली र माथिल्लो तला जाने भर्याङमा क्षति भएको छ । प्रहरीका अनुसार सो घरमा भाडामा बसेका नवराज खड्काले खाना पकाउँदै गर्दा रेगुलेटरमा आगो निस्केर आगलागी भएको हो । आगो निभाउन खोज्दा ग्यास सिलिण्डर ढलेर अन्य कपडामा समेत आगो फैलिएको थियो ।

आगो नियन्त्रणमा आइसकेको छ । प्रहरी निरीक्षक जोशीका अनुसार घटनाको जानकारी भएपछि स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र चन्दननाथ नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको हो ।

समयमै दमकल त्यस क्षेत्रमा पुगे पनि बाटो नहुँदा आगलागी भएको घर नजिकै जान सकेन । तर, सँगै रहेको कालिवहादुर बुढाको घरको ट्यांकीमा रहेको पानीले आगो निभाउन सहयोग भएको स्थानीय गोपाल रोकायाले बताए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७९, शनिबार  ९ : ०२ बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त