२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

आईसीसी विश्वकप क्रिकेट लिग-२ : नमिबियाले पहिले फिल्डिङ गर्ने



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय सिरिजको आफनो अन्तिम खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा आज नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । यस सिरिजको आफ्नो अन्तिम खेलमा नामिबियाले स्कटल्याण्डलाई हराउँदै सुखद् अन्त्य गर्न चाहन्छ ।

नामिबिया पहिलो खेलमा घरेलु टोली नेपालसँग दुई विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्याण्डसँग १० विकेटले हार बेहोरेको थियो ।

त्यस्तै तेस्रो खेलमा नामिबिया नेपाललैसँग तीन विकेटले पराजित भएको थियो । स्कटल्याण्डले पनि नामिबियालाई हराउँदै जित पक्का गर्न चाहन्छ । विभिन्न सात राष्ट सहभागी विश्वकप लिग २ मा स्कटल्याण्ड ३४ खेलमा २३ मा जित र ९ खेलमा हारका साथ ४८ अङ्कका साथ शीर्ष स्थानमा छ ।

नामिबिया ३३ खेलमा १८ मा जित र १४ मा हारका साथ ३७ अङ्कका साथ तेस्रो स्थानमा छ । यस सिरिजमा नामिबियाको आज अन्तिम खेल हो भने स्कटल्याण्डले भोलि घरेलु टोली नेपालसँग खेल्नेछ ।

 

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : ४६ बजे

विराटनगर किङ्सलाई हराउँदै लुम्बिनी लायन्स फाइनलमा, सुदूरपश्चिम रोयल्ससँग उपाधि भिडन्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बिहीबार सम्पन्न

जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सरकार र जेनजी प्रतिनिधिबीच

एनपीएल फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले १३५ रनको चुनौती

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा फाइनल

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु । दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर

टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरअन्तर्गत