३ आश्विन २०८३, शनिबार | September 19, 2026

गुल्मीको जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी



गुल्मी । जिल्ला कारागार गुल्मीमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सास्ती हुँदै आएको छ । जीर्ण भवनमा क्षमताभन्दा ५५ जना बढी कैदीबन्दी भएपछि उनीहरूको दैनिकी आलोपालोरुपमा गर्नुपरेको छ ।

जिल्ला कारागार कार्यालय गुल्मीमा कैदीबन्दीको क्षमता मात्रै २५ जना हो । विसं २०२४ मा स्थापना भएको कारागारमा २० पुरुष र पाँच महिलाको क्षमता रहे पनि यहाँ अहिले तेब्बरभन्दा पाँचले बढी कैदीबन्दी छन् । कारागारमा हाल ८० जना कैदीबन्दी छन् । जसमध्ये ७३ पुरुष र सात महिला कैदीबन्दी रहेको कार्यालयका निमित्त प्रमुख रेश्मीराज पन्थी जानकारी दिए ।

जिल्ला कारागारमा अहिले कैदी ४५ र थुनुवा २८ पुरुष छन् । पाँच कैदी र दुई थुनुवा महिला छन् । जसमा जबरजस्ती करणी, कर्तव्य ज्यान, चोरी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बहुबिवाह, सवारी ज्यान र अङ्गभङ्गलगायत मुद्दाका कैदीबन्दी छन् ।

जीर्ण भवनमा दिनानुदिन कैदीबन्दी थपिँदा समस्या भएको निमित्त कार्यालय प्रमुख रेश्मीराज पन्थीले बताए । “कैदीबन्दी आलोपालो सुत्नुपर्ने, बस्ने, खाने र खानेपानीको पनि उत्तिकै समस्या छ”, पन्थीले भने, “हरेक हिसाबले समस्या छ, समाधानको लागि कुनै पहल भएन ।” उनका अनुसार कारागारमा कैदीबन्दी रातको १२ बजेसम्म एक समूह र त्यसपछि अर्को समूह सुत्ने गरेका छन् । खाना खान, नुहाउन, बस्न, भेटघाट गर्न र कपडा धुनेलगायतका क्रियाकलापका साथै उपचार गर्न निकै सास्ती भइरहेको छ ।

कारागारमा लामो समयदेखि कार्यालय प्रमुख छैनन् । अधिकृतको दरबन्दी भए पनि काजमा काठमाडौँ फिर्ता भएपछि नायबसुब्बाको भरमा कार्यालय चलिरहेको छ । एक जना स्वास्थ्यकर्मीको दरबन्दी कार्यालयमा छ । तर, कार्यालयले आजसम्म कुनै स्वास्थ्यकर्मी पाएको छैन । जसका कारण कैदीबन्दी सामान्य बिरामी हुँदा पनि गुल्मी अस्पतालमा पुर्‍याउनुपर्ने बाध्यता छ । १० जनाको दरबन्दी रहे पनि हाल कारागारमा सात जना कर्मचारी छन् । तिन जना कर्मचारी र चार जना कार्यालय सहयोगी छन् । कार्यालय प्रमुख, सिनियर अहेब (स्वास्थ्यकर्मी) र एक जना कर्मचारीको अभावका कारण पनि समस्या भएको निमित्त कार्यालय प्रमुख पन्थीले बताए ।

क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी र कर्मचारीको अभाव हुँदा पनि जिल्ला प्रशासन कार्यालय गुल्मीको ध्यान गएको छैन । कारागारको स्तरवृद्धि र कर्मचारी व्यवस्थापनमा चासो दिनुको सट्टा जिल्ला प्रशासनले कर्मचारी आफ्नो कार्यालयमा तानेको छ । कारागारमा रहेका एक जना खरिदार हाल जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत छन् । गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले कैदीबन्दीको आन्तारिक समस्यामा पहलगर्ने बताए ।

भौतिक संरचना बनाउने र कर्मचारी तत्काल व्यवस्थापन गर्नेभन्दा पनि पहिले कैदीबन्दीको सहजताको लागि खानेपानीको व्यवस्थालगायतका भित्रि समस्यामा ध्यान दिने प्रमुख जिल्ला अधिकारी पाठकलले बताए । “क्षमताभन्दा बढी कैदी हुँदा निकै समस्या भएको देखियो”, उनले भने, “सोही संरचनालाई थप व्यवस्थित गरेर भित्रका समस्या समाधान गरिनेछ ।” कर्मचारी अभावले सेवा प्रवाहमा अवरोध नभएको भन्दै कैदीबन्दीको समस्यामा मत्र गुनासो आएकोले त्यसमा सहजता ल्याउने पाठकले बताए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ६ : ५० बजे

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी