२५ असार २०८३, बिहिबार | July 9, 2026

गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी : पूर्वराष्ट्रपति डा. यादव



जनकपुर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरूले आफ्नो व्यवहारलाई सुधार्दै लैजानुपर्ने बताएका छन् ।

७३ औँ प्रजातन्त्र दिवसको अवसरमा जनकपुर बौद्धिक समाजले सोमबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति डा. यादवले २४० वर्षीय निरङ्कुश राजतन्त्रको अवशेष अहिले पनि विद्यमान रहेकाले दलहरूले आफूलाई सुधार्दै जानुको विकल्प नरहेको बताए ।

“जनतासँग जोडिएका राजनीतिक दलहरूको व्यवहारले सबै क्षेत्रमा उकुसमुकुसको अवस्था देख्छु, दलहरूको क्रियाकलापलाई लिएर सिङ्गो व्यवस्थामाथि प्रश्न उठाउन थालिएको छ”, उनले भने, “त्यसैले सबै दलहरूले जनभावनाअनुसार काम गर्नु जरुरी छ ।”

सहिदहरूको बलिदान, पूर्वजहरूको निष्ठा र आदर्शलाई छोड्दै जाँदा नागरिकमा वितृष्णा उत्पन्न हुँदै गएको भन्दै उनले व्यवस्था चलाउन नजान्दाको दोष व्यवस्थामाथि थोपर्ने काम कसैले गर्न नहुने धारणा राखे । “कुनै चोटपटक लागेमा हतियारको दोष भन्ने कि हतियार चलाउने मान्छेको ? त्यसैले अहिले नै व्यवस्था खराब भएको टिप्पणी गर्ने बेला भएको छैन । तर गणतन्त्र रक्षाका लागि नेताहरू सुध्रिर्ने र जनताहरू सचेत हुनुपर्ने आवश्यकता भने सधैँ रहन्छ”, पूर्वराष्ट्रपति डा. यादवले भने ।

कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामगोविन्द यादवले पनि सङ्घीयता चलाउने व्यक्तिको कमजोरीलाई देखाएर सिङ्गो व्यवस्थालाई नै गलत भन्नु अतिशयोक्ति हुने धारणा राखे । कार्यक्रममा प्रा डा. पशुपतिनाथ झाले नैतिकताविनाको लोकतन्त्र सधैँ सङ्कटमा पर्ने भन्दै सबैले जिम्मेवार बन्नुपर्ने धारणा राखे ।

जनकपुर बौद्धिक समाजका अध्यक्ष राजेश्वर नेपालीले विगतमा दलहरूले गरेको कमजोरीले पटक–पटक व्यवस्थामाथि सङ्कट आएकाले लोकतन्त्रको सुदृढीकरणका लागि सत्ता राजनीतिभन्दा माथि उठेर प्राप्त उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए । उनले अहिले दलहरूले गरिरहेका क्रियाकलापले पूर्वशासनाधिकारीलाई लाभ पुगिरहेकाले व्यवस्थालाई जोगाउनका लागि पनि सबै दल मिलेर अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ७ : १३ बजे

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको

राष्ट्रियसभाबाट ‘राष्ट्र ऋण उठाउने’ विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’