११ भदौ २०८३, बिहिबार | August 27, 2026

पूर्वराष्ट्रपति डा. यादवसँग गृहमन्त्री अर्यालको भेट



काठमाडौैं । पूर्वराष्ट्रपति डा रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेट गरेका छन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा यादवको ललितपुर बागडोलस्थित निवासमै पुगेर उनीसँग भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले डा यादवसँग भेटवार्ता गरेका हुन्। त्यसक्रममा गृहमन्त्री अर्यालले उनको स्वास्थ्य अवस्था, भदौ २३ र २४ गतेको घटनालगायत विषयमा कुराकानी र आवश्यक जानकारी लिएका थिए । उनले ‘जेनजी’ प्रदर्शनको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे बारे जानकारी गराए ।

सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम गरिरहेको भन्दै मन्त्री अर्यालले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति डा यादवलाई समाजका सबै पक्षलाई निर्वाचनउन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह गरेका थिए ।

पूर्वराष्ट्रपति डा यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सराहना गरे। पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्ति सामेल भएका कारण अन्तरिम सरकारले निष्पक्ष चुनाव गराउन सक्ने आफूलाई विश्वास रहेको उनको भनाइ थियो ।

पूर्वराष्ट्रपति डा यादवले विगतमा खिलराज रेग्मी नेतृत्वको सरकारले सफलतापूर्वक चुनाव गराएको सन्दर्श स्मरण गर्दै उक्त समयमा आफू राष्ट्रपतिको भूमिकामा रहँदा देखे भोगेका अनुभव पनि सुनाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । “त्यस बेला पनि निकै प्रतिकूल समयमा चुनाव गराउन सम्भव भएको थियो । पछिल्लो अवस्थाअनुसार संविधान र लोकतान्त्रिक प्रणालीलाई बचाउँदै अनिश्चयको अन्त्य गर्न निर्वाचनबाहेक अर्को कुनै सुरक्षित बाटो नै छैन । तपाईँहरू मेहनतका साथ लागिरहनुभएको छ । यो सराहनीय पक्ष छ । निर्वाचनलाई नै अर्जुनदृष्टि मानेर अघि बढ्नुहोस् । चुनाव सफलतापूर्वक सम्पन्न गर्न सकिन्छ”, उनले भनेका थिए ।

पूर्वराष्ट्रपति यादवले चुनावका संवाहक दलहरू नै भएकाले हाल चुनावभन्दा दायाँबायाँ सोच्न नहुने धारणा राख्दै तटस्थ सरकार भएकाले सबै पक्षले विश्वासका साथ सहयोग गर्नुपर्नेमा जोड दिए। डा यादवले भने, “तोकिएको समयमा चुनाव हुन सकेन भने भोलि अर्को ठूलो सङ्कट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्छ । हालको व्यवस्था र प्रक्रिया ‘डिरेल’ भयो भने ‘प्यान्डोरा’ बक्स खुल्छ । अब दायाँबायाँतिर लाग्नुहुँदैन । तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठीक छ । प्रधानमन्त्रीज्यू पनि चुनावमा गम्भीरतापूर्वक केन्द्रित भएर लागेको मलाई महसुस भएको छ ।”

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ८ : ३४ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र