७ माघ २०८२, बुधबार | January 22, 2026

प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ ।

एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनले भने, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने कारणले हवाई सुरक्षा जोखिमलाई मध्यनजर गरेर प्राधिकरणले कम्पनीका उडान रोक्का गर्ने निर्णय गरेको छ ।”

एयरलाइन्सले आर्थिकरूपमा सबल रहेको भनेर नआएसम्म पुन:उडान नहुने पनि प्रवक्ता निरौलाले स्पष्ट पारे । निर्णयअनुसार गुणका सात वटै विमानले सोमबारदेखि नै उडान भर्न पाएका छैनन् ।

थाई एयरवेजको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ को म्याद थपिएन

यसैबीच प्राधिकरणले थाई एयरवेजले विगतदेखि गर्दै आइरहेको ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ सेवाको म्याद थप नगर्ने निर्णय गरेको छ । प्रवक्ता निरौलाका अनुसार हवाई विभाग हुँदादेखिनै उक्त सेवा प्रदान गर्दै आएको थियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले मुलुकका तीनवटै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सेवा गर्दै आएको छ ।

थाई एयरवेजले कोभिडपूर्व नेपालमा नियमित उडान गर्थ्यो । कोभिड सुरुहुनुभन्दा केही समयअघि नै उक्त वायुसेवा कम्पनीको उडान बन्द भएको थियो । अहिले थाई स्माइलले काठमाडौँमा उडान गरिरहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले एयर इण्डियाले सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ९ : १० बजे

निर्वाचनमा निष्पक्ष, व्यवसायिक र जिम्मेवार पत्रकारिता प्रवर्द्धन महासंघको आह्वान

नेपालगन्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई

बाँकेमा १६ औं शृङ्खलामा हात्तीपाइले रोग विरुद्ध औषधि सेवन गराईँदै

नेपालगन्ज । बाँकेमा ६२ प्रतिशत नागरिकको पहुँचमा मात्र हात्तीपाइले रोग

घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

राष्ट्रिय सुरक्षाका विषयमा साझा बुझाइ हुनुपर्छ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

रिडीघाट जाँदै गरेको मलामी बोकेको जिप दुर्घटनामा एकको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ