२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भीड्दै



भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तरनगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिका भीड्दै छन् । यस्तै तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबीच मगलबार नै हुँंदैछ ।

सोमबार भएको सेमिफाइन खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँंदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो । साथै भक्तपुर नगरपालिका बीलाई हराउँंदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा  तय गरेको थियो ।

विजयी टोलीलाई सा‌सद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । खेल महेश्वरी खेल मैेदान भक्तपुरमा हुने छ ।

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो । त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : २३ बजे

लागुऔषधसहित तेह्र जना पक्राउ

काठमाडौं । देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी । बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

अध्यक्ष लामिछाने र वरिष्ठ नेता शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष

सुर्खेतमा ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली । गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गण्डकीमा रास्वपालाई समानुपातिकतर्फ पाँच लाख मत

गण्डकी । गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ पाँच