६ पुस २०८२, आइतबार | December 22, 2025

खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भीड्दै



भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तरनगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिका भीड्दै छन् । यस्तै तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबीच मगलबार नै हुँंदैछ ।

सोमबार भएको सेमिफाइन खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँंदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो । साथै भक्तपुर नगरपालिका बीलाई हराउँंदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा  तय गरेको थियो ।

विजयी टोलीलाई सा‌सद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । खेल महेश्वरी खेल मैेदान भक्तपुरमा हुने छ ।

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो । त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : २३ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको