१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

ॐ नम: शिवायमा गायिका इन्दिरा जोशी फरक अवतारमा



काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको ॐ नम: शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नव: शिवायको एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् ।

युवापुस्ताहरुलाई लक्षित गरेर बनाइएको गीतको शैली नयाँ छ । जुन अन्तर्राष्ट्रियस्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँछिन् । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोमा  इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा जय शम्भो भोले जय जय भन्दै देखापरेकी छिन् । जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ ।

३ मिनेट लामो भिडियोमा इन्दिराले भगवान शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् । गौरव बिष्ट र झोलेको  छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ११ : १० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा