२६ असार २०८३, शुक्रबार | July 11, 2026

राष्ट्रपति निर्वाचनका लागि ८८१ जना मतदाताको नामावली सार्वजनिक



काठमाडौं राष्ट्रपति पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले बुधबार राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारलाई मतदान गर्ने ८८१ जना मतदाताको नामावली सार्वजनिक गरेको छ ।

२५ फागुनमा राष्ट्रपति र ३ चैतमा उपराष्ट्रपतिको हुने निर्वाचनमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाले मतदानमा सहभागी हुन पाउने गरी आयोगले बुधबार नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहीबार मध्यान्ह १२ बजेसम्म दिन सकिने आयोगले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।

दाबी विरोधको उजुरीमाथि फागुन १२ गते अपरान्ह ३ बजेसम्म छानबिन गरी अपरान्ह ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि १३ फागुनमा मनोनयन दर्ता र २५ फागुनमा मतदान हुनेछ ।

उपराष्ट्रपति पदको निर्वाचनका लागि २७ फागुनमा मनोनयन दर्ता र ३ चैतमा मतदान हुनेछ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  १२ : ५९ बजे

काठमाडौँ महानगरपालिकाले गणेश नेपालीका परिवारलाई सहयोग गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी

रुपन्देहीमा गोली प्रहार गरेर भारतीय लागुऔषध कारोबारे पक्राउ

काठमाडौँ । रुपन्देहीमा प्रहरीले गोली प्रहार गरेर १जना भारतीय लागुऔषको

संसदमा गृहमन्त्रीको आक्रोश : गणेश नेपालीको मृत्युमा राजनीति गर्नेहरू अस्पतालमा कति जना पुग्नुभयो ?

काठमाडौं । राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा

पशुपतिमा साउने सोमबारको तयारी सुरु

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा साउने सोमबारको

सम्पत्ति विवरण पेश बाध्य नगर्न सर्वोच्चको अन्तरिम आदेश, छानबिन आयोगको कामकारबाही रोकियो

काठमाडौं । सर्वोच्च अदालतले २०६२/६३ सालदेखि सरकारी नियुक्ति र जिम्मेवारीमा